काँकरभिट्टामा फागुन १४ गतेदेखि कला साहित्य उत्सव

झापा । झापाको काँकरभिट्टामा यही फागुन १४ गते देखि तीन दिवसीय कला साहित्य उत्सव आयोजना हुने भएको छ । रिडर्स झापाको आयोजनामा हुन लागेको कला साहित्य उत्सवमा भारतका प्रसिद्ध पर्यावरण अभियन्ता सोनाम वाङचुक लगायतको टोली सहभागि हुने आयोजकले शनिबार पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो ।
उत्सवमा चित्रकला प्रदर्शनी, नाटक मञ्चन, कविता बाचन र प्यानल डिस्कसन लगायतका कार्यक्रमहरु सञ्चालन हुने रिडर्स झापाका अध्यक्ष शैलेश दाहालले जानकारी दिए । भारतको लद्दाखदेखि दिल्लीसम्म आमरण अनसन लगायतका कार्यक्रम गरेर चर्चामा रहेका सोनाम वाङचुकले हिमालय क्षेत्रको पर्यावरण संरक्षणमा नयाँ प्रविधिको विकास गरेका छन् ।
रिडर्स झापाले वि.सं. २०६९ देखि प्रत्येक दुई वर्षमा चिन्तन मेलाको रुपमा कला साहित्य उत्सवको आयोजना गर्दै आएको छ । कोरोना महामारीमा भने उत्सव स्थगित भएको थियो ।
कार्यक्रममा १२ वटा छलफल सत्र रहने र त्यहाँ ३० जना विज्ञले सम्भाषण दिने उत्सव आयोजक कमिटीका संयोजक सागर शिवाकोटीले बताए ।
उत्सवलाई देही आर्ट, चरा तथा बन्यजन्तु संरक्षण समाज र परिवर्तन थिएटरले सहकार्य गरेका छन् । उत्सव अवसरमा चरा अवलोकन, भित्तेचित्र लेखन, फोटो प्रदर्शनी र नाटक मञ्चन गरिने जनाइएको छ । कार्यक्रममा कोलकाताका डा।अनिल देवको समेत सहभागिता रहने छ । धानका दुई सय रैथाने प्रजातिको खोज अनुसन्धान र संरक्षण गरेर चर्चा कमाएका डा।अनिल देवले एक सय प्रकारका रैथाने धानको बीउ उत्सवमा प्रदर्शनीका लागि ल्याउने भएका छन् ।
काँकरभिट्टा खानेपानी कार्यालयको सभाहलमा आयोजना हुने उक्त उत्सवमा रु १६ लाख खर्च हुने अनुमान गरिएको छ

काँकरभिट्टा । राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा० को मेचीनगर समितिको...

बिर्तामोड । राष्ट्रिय स्वतन्त्र पार्टी मेचीनगरको प्रथम अधिवेशनमा...

मेचीनगर । पत्रकारितामा एआईको प्रयोग सम्बन्धी तीन दिने...

मेचीनगर । धरान सिटी एफसी सुनसरीलाई पराजित गर्दै...

मेचीनगर । धार्मिकरुपमा ऐतिहासिक स्थल रहेको चन्द्रेश्वर शिव...

झापा । मेचीनगर–७, इटाभट्टास्थित झापा नेशनल स्कूलले भारतमा...

काँकरभिट्टा । काँकरभिट्टाका सार्वजनिक जग्गाहरुको विषयमा बसेको सर्वदलीय...