मेचीनगरमा ‘जरा अभियान’ : भातृसंगठन चलायमान बन्दै
मेचीनगर । नेकपा एमालेको केन्द्रीय निति अनुसार ‘जरा’ ३ महिने अभियान अन्तर्गत मेचीनगरमा पहिलो जनवर्गिय संगठन राष्ट्रिय अपाङ्ग संगठन नेपालको नगर अधिवेशन सम्पन्न भएको छ।
राष्ट्रिय अपाङ्ग संगठन नेपालको नगर अधिवेशनबाट लक्ष्मीप्रसाद कडरियाको नेतृत्वमा ११ सदस्य नगर कमिटि गठन भएको छ। कमिटीको उपाध्यक्षमा हरि पोखरेल, सचिवमा करूणा पोखरेल, सहसचिव डिल्ली प्रसाद पौडेल, कोषाध्यक्षमा सुशील गौतम रहेका छन् । त्यस्तै सदस्यहरूमा पवित्रा दर्लामी, दोरेन धिमाल, इन्दिरा गौतम, मञ्जीला तामाङ, सेवक तामाङ र चन्दकुमार ढुङ्गेल रहेका छन् ।
राष्ट्रिय अपाङ्ग संगठन नेपालका केन्द्रिय सदस्य तथा झापा जिल्ला ईन्चार्ज सजना बरालको प्रमुख आतिथ्यता सम्पन्न अधिवेशनमा नेकपा एमाले मेचीनगर कमिटी अध्यक्ष राजु कार्की र सचिव सागर ओलीको बिशेष आथित्यता रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि बरालले अब बनेको नयाँ नेतृत्वले मेचीनगरमा फरक क्षमता भएकाहरू विभिन्न कारणले पछि परेका वा थिचोमिचो गरिएकाहरूको हक अधिकार सुनिश्चित गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताए । उनले कतिपय क्षेत्रमा एक्लै बोल्दा प्रभाव नपर्ने भएपनि एमाले पार्टी र त्यससंग सम्बद्ध भएर सामुहिक रूपमा आवाज उठाउँदा त्यसको प्रभाव तुरुन्त हुने बताए ।
त्यस्तै एमाले मेचीनगर अध्यक्ष कार्कीले एमालेको निति तथा राम्रा कार्यक्रमहरू तल्लो लेभलसम्म पुर्याउने राष्ट्रिय अभियान अन्तर्गत पार्टीले “जरा” ३ महिने अभियान सञ्चालन गरेको बताए ।
एमाले मेचीनगर कमिटीले आफ्ना जनवर्गीय संगठनलाई चलायमान बनाउने र टोल टोलमा विभिन्न गतिविधि तीन महिना भरि सञ्चालन गर्ने योजना बनाएर अगाडि बढेको उनले जानकारी दिए । सोही अभियानको सुरूवात चरणमा राष्ट्रिय अपाङ्ग संगठन नेपालको नगर अधिवेशन सम्पन्न गरि नयाँ चलायमान टिम बनाएको बताए । अब यस टिमले नगरको अपाङ्गताको क्षेत्रमा रचनात्मक कार्य गर्ने बताए ।
राम बुढाथोकीको अध्यक्षता सम्पन्न अधिवेशनमा सानो कुमार लिम्वुले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रम सञ्चालन करुणा पोखरेलले गरेकी थिइन् ।

काकडभिट्टा । सीमा सहजीकरण तथा सीमावर्ती क्षेत्रमा हुन...
मेचीनगर । झापाको मेचीनगरमा सञ्चालित पाँचतारे होटल मेची...
झापा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल...
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
मेचीनगर । मेचीनगर नगरपालिकाले ३८ जना ज्यालादारीमा कार्यरत...
मेचीनगर । मेचीनगर क्षेत्रका निजी विद्यालयहरूले आफूहरूले कानुन...
