मेचीनगरकी कविता नेपालले पाइन नेपाल जेसीजको ‘उत्कृष्ट युवा पुरस्कार’
मेचीनगर, ६ पुस । नेपाल जेसीजको उत्कृष्ट युवा पुरस्कारबाट झापा मेचीनगरकी सामाजिक अभियन्ता कविता नेपाल पार्तेल सम्मानित भएकी छन् ।
आजदेखि इटहरीमा तीन दिनसम्म सञ्चालन हुने नेपाल जेसीजको ५१ औँ राष्ट्रिय महाधिवेशनमा प्रधानमन्त्री केपी शर्मा ओलीले नगद २० हजारसहित सामाजिक अभियन्ता नेपाललाई पुरस्कृत गरेका हुन् ।
नेपाललाई जातिय छुवाछुत हटाउने अभियान र सामाजिक परिवर्तनको क्षेत्रमा योगदान पुर्याए वापत उक्त पुरस्कार प्रदान गरिएको बाहुनडाँगी जेसीजका अध्यक्ष देबु बानियाँले जानकारी दिए ।
त्यस्तै नेपाल जेसीजले राष्ट्रिय तथा अनतराष्ट्रिय क्षेत्रमा ख्याती कमाएकी राष्ट्रिय महिला क्रिकेटकी कप्तान रुविना क्षेत्रीलाई पनि सम्मान गरेको छ । दुवै जनालाई सम्मानको भागिदारका लागि बाहुनडाँगी जेसीजले पहिलो पटक सिफारिस गरेको अध्यक्ष बानियाँले बताए ।
कार्यक्रमका प्रमुख अतिथि प्रधानमन्त्री ओली र नेपाल जेसीज वर्ष २०२४ का राष्ट्रिय अध्यक्ष रविन पोखरेलले दुवै जना प्रतिभाहरुलाई सम्मान गरेका थिए । पुस ६, ७ र ८ गतेसम्म सञ्चालन हुने राष्ट्रिय महाधिवेशनले वर्ष २०२५ का लागि नयाँ नेतृत्व चयन गर्दैछ ।
धुलाबारी । इस्ट होराइजन इङ्लिस हाई स्कुल र...
बिर्तामोड । झापाको मेचीनगरमा आजदेखि प्रथम चारआली गोल्डकप...
धुलाबारी । मेचीनगर–१० स्थित सामाजिक मेलमिलाप समाज नेपालको...
काँकडभिट्टा । इन्डो–नेपाल मेचीनगर मिडिया फुटबल कप प्रतियोगिताबाट...
चारआली । झापाको धाइजन–चारआली फुटबल क्लबको आयोजनामा ‘धाइजन–चारआली...
मेचीनगर। मेचीनगर–३ वडा कार्यालय अन्तर्गतको खेलकुद समितिको आयोजनामा...

