साँस्कृतिक डान्समा झापा नेशनल स्कुल प्रथम

मेचीनगर । निजी तथा आवसीय विद्यालय अर्गनाइजेशन नेपाल मेचीनगरको सोमबारबाट सुरु भएको नगर स्तरीय साँस्कृतिक कार्यक्रममा मेचीनगरको झापा नेशनल स्कुल प्रथम भएको छ । मेचीनगर–१० धुलावारीमा आयोजित नगर स्तरीय साँस्कृतिक कार्यक्रममा मेचीनगर–७ स्थित झापा नेशनल स्कुलले साँस्कृतिक डान्समा सर्वोत्कृष्ट स्थान हासिल गर्न सफल भएको छ ।
मंगलवार प्रतियोगितामा फरक प्रस्तुति दिँदै झापा नेशनलले सर्वोत्कृष्ट स्थान हासिल गर्न सफल भएको आयोजकले जनाएको छ । अघिल्लो वर्ष भएको कार्यक्रममा समेत झापा नेशनल स्कूल साँस्कृतिक नृत्यमा मेचीनगर तथा जिल्ला स्तरीय कार्यक्रममा समेत प्रथम स्थान हासिल गर्न सफल भएको झापा नेशनल स्कुलका सस्थापक कमल भेटवालले बताए ।
सोमबारबाट सुरु भएको प्रतियोगितामा नगरका ३५ विद्यालय मध्ये २६ वटा विद्यालयले सहभागिता जनाएर लोक संस्कृति झल्कने रोचक नृत्य तथा गीत प्रस्तुत गरेका थिए ।
मेचीनगरमा प्रथम स्थान हासिल गरेसँगै झापा नेशनल स्कुल जिल्ला स्तरीय कार्यक्रममा सहभागि हुने स्कुलका सञ्चालक भेटवालले जानकारी दिए ।

बिर्तामोड । २०७४ सालमा निदि सेकेन्डरी स्कुलले जब...

धुलाबारी । मेचीनगर–९ स्थित पारिजात पब्लिक स्कूलले २०८१...

धुलाबारी । मेचीनगर – १० धुलाबारी स्थित इष्ट...

मेचीनगर । मेचीनगर–६, पुरानो भन्सार, काँकडभिट्टामा ईभी नेपाल...

भद्रपुर । झापामा संस्थागत विद्यालयका शिक्षक शिक्षिकाहरूलाई मोटिभेसन...