प्याब्सन मेचीनगरको अध्यक्षमा बिक्रम क्षेत्री निर्वाचित
मेचीनगर । निजी तथा आवासीय विद्यालय संगठन (प्याब्सन) मेचीनगरको अध्यक्षमा बिक्रम क्षेत्री निर्वाचित भएका छन् । बुधवार सम्पन्न निर्वाचनवाट २० मतका साथ उनी निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी कमल भेट्वालले १५ मत मात्र ल्याएका छन् ।
मेचीनगर –७ स्थित ग्रीन भिलेज रेष्टुरेन्टमा सम्पन्न तेस्रो अधिवेशनमा सहमति हुन नसकेपछि निर्वाचन सम्पन्न भएको थियो । जसको उपाध्यक्षमा सुरेन्द्र न्यौपाने १७ मतका साथ विजयी वने । उनका प्रतिस्पर्धी कमल नेपालले १६ मत प्राप्त गरेका थिए ।
१८ मतका साथ कोषाध्यक्षमा समिक्षा गौतम निर्वाचित भइन् । उनका प्रतिस्पर्धी विजय भट्टराईले १७ मत प्राप्त गरेका थिए । सचिवमा भने बिनोद प्रधान सर्वसम्मत चयन भएका छन् ।
सदस्यमा पदम रुचाल, अरिता प्रधान र विमल पौडेल निर्वाचित भएको निवर्तमान अध्यक्ष डम्मर रुचालले जानकारी दिए ।
नयाँ कार्यसमितिले बुधवार देखीनै कार्यभार सम्हालेको निर्वाचन समितिका संयोजक हिम्मत क्षेत्रीले बताए । निर्वाचन समितिमा हरि अधिकारी र विष्णु रिमाल सदस्य रहेका थिए ।
मेचीनगर । मेचीनगर नगरपालिकाले विद्यालय, शिक्षक/कर्मचारी तथा विद्यार्थी...
बिर्तामोड । झापाको बिर्तामोड-२ मा अवस्थित निदि अंग्रेजी...
मेचीनगर । मेचीनगर–७ सतिघट्टाको भित्री सडकमा आज अपराह्न...
मेचीनगर । मेचीनगर–७ स्थित सतिघट्टा बगान क्षेत्रमा होलिबेल...



