मेचीनगर : हडिया पुलको समस्या समाधानका लागि अनुगमन
मेचीनगर । धुलावारी–ज्यामिरगढी–भद्रपुर सडक खण्डमा रहेको हडिया खोलाको पुलको दक्षिण भाग भत्किएर सवारी आवागमनमा समस्या उत्पन्न भएपछि, मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकीले पुलको अनुगमन गरेका छन्।
मेचीनगर प्रमुख बुढाथोकीले चासो दिँदै भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोख्रेल, कोशी प्रदेश सरकारको पूर्वाधार कार्यालयका प्रमुख तथा प्राविधिकहरूसहित टोली फिल्डमा नै पुगेर स्थलगत रूपमै समस्या समाधानका लागि छलफल गरिएको छ ।

अनुगमनमा नेपाली कांग्रेस क्षेत्रीय सभापति, भद्रपुर ९ र मेचीनगर १५ का वडाध्यक्ष तथा सदस्यहरूको उपस्थिति थियो ।
मेचीनगर प्रमुख बुढाथोकीको सचिवालयका अनुसार सम्बन्धित निकायमार्फत तत्काल कार्य सम्पादनका लागि प्रक्रिया अगाडि बढाइएको जनाएको छ।
पछिल्लो समय एयरपोर्ट, प्रादेशिक अस्पताललगायत सदरमुकाम जान चल्तीको व्यस्त सडक खण्डमा पर्ने हडिया पुलको काम चाडै हुनेमा स्थानीयहरुले आसा गरेका छ्न ।
काकडभिट्टा । सीमा सहजीकरण तथा सीमावर्ती क्षेत्रमा हुन...
मेचीनगर । झापाको मेचीनगरमा सञ्चालित पाँचतारे होटल मेची...
झापा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल...
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
मेचीनगर । मेचीनगर नगरपालिकाले ३८ जना ज्यालादारीमा कार्यरत...
मेचीनगर । मेचीनगर क्षेत्रका निजी विद्यालयहरूले आफूहरूले कानुन...
