मेचीनगरमा मंसिर २७ देखि रिडर्स फेष्टिवल हुने
मेचीनगर । झापाकोे मेचीनगरमा रिडर्स फेष्टिवल आयोजना हुने भएको छ । आगामी मंसिर २७ देखि २९ गते सम्म सञ्चालन हुने रिडर्स फेष्टिवलको आयोजना रिडर्स अभियानले गर्ने भएको छ ।
केही साता अघि मेचीनगरमा रिडर्स अभियान स्थापना भएसँगै कार्यक्रमको बारेमा बिभिन्न क्षेत्रसँग समन्वय र छलफल भइरहेको रिडर्स अभियान नेपालका अध्यक्ष सन्तोष आचार्यले आइतबार काँकरभिट्टामा आयोजत पत्रकार सम्मेलनमा जानकारी दिए । पठन संस्कृतिको विकास र प्रवर्द्धन गर्ने उद्देश्यले मेचीनगरमा हालै रिडर्स नेपाल स्थापना गरिएको हो । पत्रकार सन्तोष आचार्यको अध्यक्षतामा ९ सदस्यीय कार्य समिति गठन गरिएको छ ।
समितिको उपाध्यक्षमा भगिरथ राई र सचिवमा मदन अधिकारी रहेका छन् । त्यस्तै कोषाध्यक्षमा मुकुन्द शिवाकोटी, सहसचिवमा रिया ढुङ्गाना रहेका छन् भने सदस्यहरुमा दुर्गा भण्डारी, दिपक तिम्सिना, खेमानन्द गौतम र यामप्रसाद पोखरेल रहेका छन् । त्यस्तै विधान मस्यौदा समितिमा संयोजक ज्ञानेन्द्र निरौला तथा सदस्यहरुमा सुवर्ण भट्टराई र खिलप्रसाद घिमिरे रहनुभएको जानकारी गराइएको छ । समितिमा ४५ जना संस्थापक सदस्य रहेको जनाइएको छ ।
आगामी मंसिर २७ देखि २९ गते सम्म आयोजना हुन लागेको रिडर्स फेस्टिवल क्याम्पस, विद्यालयमा अध्ययनरत विद्यार्थी र खुला रुपमा अध्ययनप्रति रुचि राख्ने समुहलाई लक्षित गरि आयोजना गर्न लागिएको संस्थाका उपाध्यक्ष भगिरथ राईले बताए । फेस्टिवलमा सबै विद्यालय, क्याम्पस र भुगोलबाट सहभागी गराई अध्ययन प्रतिस्पर्धाको मोडेलमा आयोजना गरिने उनको भनाई छ ।
सहभागीले आफुले प्रस्तुति दिन चाहेका कुनै तीन पुस्तकको सूची अग्रिम बुझाउनु पर्ने छ । बुझाएका पुस्तक सूचीबाटै प्रतिस्पर्धा गराइ आर्जित ज्ञान र प्रस्तुतिका आधारमा उत्कृष्ट १० जनालाई प्रोत्साहित तथा पुरस्कृत गरिने आयोजकले जनाएको छ ।
फेस्टिवलमा भारत, म्यान्मार, भुटानदेखिका सहभागी रहने तथा सहभागीलाई अनलाइनमार्फत समेत जोड्ने प्रयत्न भइरहेको बताइएको छ आयोजकले यो किसिमको कार्यक्रम संभवतः नेपालमै पहिलो हुने दाबी गरेको छ ।
मेचीनगर–६, स्थित लक्ष्मी एजुकेशनल कन्सल्टेन्सीको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा संस्थाका पदाधिकारी, लेखक एवम् नेपाल पत्रकार महासंघ झापाका पूर्व अध्यक्ष तारामणि सापकोटा, देवकोटा पार्क व्यवस्थापन समिति अध्यक्ष बालकृष्ण थापा, कन्सल्टेन्सी संचालक शंखर भट्टराई, कलाकार केसाङ लामा, पूर्व कार्यपालिका सदस्य लक्ष्मी थिङ, नाट्यकर्मी लिला विष्टलगायत संचारकर्मीहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण संस्थाका सचिव मदन अधिकारीले गरेका थिए ।
काकडभिट्टा । सीमा सहजीकरण तथा सीमावर्ती क्षेत्रमा हुन...
मेचीनगर । झापाको मेचीनगरमा सञ्चालित पाँचतारे होटल मेची...
झापा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल...
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
मेचीनगर । मेचीनगर नगरपालिकाले ३८ जना ज्यालादारीमा कार्यरत...
मेचीनगर । मेचीनगर क्षेत्रका निजी विद्यालयहरूले आफूहरूले कानुन...
