केर्खा पब्लिक स्कूल : शिक्षक क्षमता विकास तथा मन्टेश्वरी तालिम
कमल । झापाको कमल-३ मा रहेको केर्खा पब्लिक स्कूलले शिक्षक क्षमता विकास तथा मन्टेश्वरी तालिमको आयोजना गरेको छ । कात्तिक २६ गतेसम्म सञ्चालन हुने तालिमको उद्घाटन आज एक कार्यक्रमका बिच कमल गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख सुर्यप्रसाद न्यौपाने गरे ।
६ दिनसम्म सञ्चालन हुने तालिमको उद्घाटन गर्दै प्रमुख अतिथि सूर्यप्रसाद न्यौपानेले विद्यालयका शिक्षक(शिक्षिकाहरुलाई यस प्रकारको तालिमले शैक्षिक पेशासँग आधारित क्षमता विकास तथा बालमैत्री शैक्षिक वातावरण सिर्जना गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए । साथै बालबालिकाहरूको चौतर्फी विकासको लागि शिक्षक सधै तत्पर रहनुपर्ने र त्यसको लागि शिक्षकहरूमा नविनतम तालिम तथा प्रविधिहरूसंग जानकार हुनुपर्ने बताउदै तालिम सफलताको शुभकामना व्यक्त गरे ।
उनले यस प्रकारको तालिम बर्षेनी गर्दै शिक्षकहरूमा मन्टेश्वरी प्रविधि सम्बन्धी ज्ञान र प्रविधिहरूको उच्चतम् प्रयोगमा सधै लगनशील रहनुपर्ने र बालमैत्री वातावरणमा सरल ढंगले शिक्षण गर्न शिक्षकहरू सधै लागि पर्नुपर्ने स्कूलका संस्थापक प्रिन्सिपल त्रिलोचन गौतमले बताए ।
उक्त तालिममा सहजकर्ताको भूमिकामा कुशल प्रशिक्षक, मोटिभेशनल स्पिकर कृष्ण मिश्रले गर्नेछन् । यो तालिमले अब कसरी शैक्षिक पठनपाठन बालमैत्री ढंगले सरल र सहज तरिकाले मन्टेश्वरी विधिको प्रयोग गर्न सकिन्छ भन्ने उद्देश्य रहेको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष तथा स्कूलको निर्देशक कृष्णा आचार्य ९गौतम० को भनाइ छ ।
मेचीनगर । मेचीनगर नगरपालिकाले ३८ जना ज्यालादारीमा कार्यरत...
मेचीनगर । मेचीनगर क्षेत्रका निजी विद्यालयहरूले आफूहरूले कानुन...
काँकडभिट्टा । गृहमन्त्री सुदन गुरुङले झापाको काँकडभिट्टा सीमा...
बिर्तामोड । एसियाली राजमार्ग स्तरोन्नति आयोजनाअन्तर्गत झापाको मेचीनगरस्थित...
मेचीनगर । मेचीनगर–९ स्थित मागुरमाडी सामुदायिक वन उपभोक्ता...
मेचीनगर । झापाको मेचीनगर नगरपालिका–१४ दुवागढीमा शुक्रबार बिहान...
झापा । झापाको मेचीनगर–१० धुलाबारीस्थित एक स्थानीय होटलमा...
धुलाबारी । नेपाल विद्युत प्राधिकरण धुलाबारी वितरण केन्द्रले...