अचेत रहेकी आमा भेट्न ओमान उडे मेचीनगरका सञ्जय
मेचीनगर । ओमानमा ढेड वर्षदेखि अस्पतालमा अचेत अवस्थामा रहेकी मेचीनगर–१० की ४५ वर्षीया बिनादेवी कँवरलाई भेट्न छोरा सञ्जय कँवर ओमान गएका छन् । आज विहान एयर अरेबियाको जहाज चढेर सञ्जय कँवर आमा भेट्न ओमान गएका हुन् ।
सञ्जयको ओमान यात्राको सबै चाँजोपाँजो नेपाली कांग्रेसका महामन्त्री एवम् झापा क्षेत्र नम्बर १ का संघीय सांसद विश्वप्रकाश शर्माले मिलाइदिएका छन् । ओमानको सुल्तान कबुस स्थित सरकारी अस्पतालमा बिनादेवी ढेड वर्षदेखि अचेत अवस्थामा उपचाररत् छिन् । सञ्जयले अस्पताल पुगेर आमाको स्वास्थ्य अवस्था बुझ्न पाउने भएका छन् ।
ओमान स्थित नेपाली राजदूतावासका अधिकारीहरुसँग सांसद् शर्माले सम्पर्क गरेर आमा र छोराको पुनर्मिलनको व्यवस्था मिलाइदिन आग्रह गरेका छन् । दूताबासका अनुसार बिनादेवीको स्वास्थ्य अवस्था नाजुक रहेकाले नेपाल ल्याउन असम्भव भएपछि छोरालाई आमा भेट्न त्यहाँ पठाइएको हो ।
सञ्जयका लागि जहाज टिकट र ओमानमा रहँदा खाने र बस्ने खर्चको जोहो ओमान स्थित नेपाली राजदूताबास र गैरआवासीय नेपाली संघले मिलाउने भएको शर्माले बताए । सञ्जयलाई काठमाडौँबाट जहाजमा उडाउन काँग्रेस झापा–१ काठमाडौँ सम्पर्क समितिका सभापति प्रज्ज्वल कोइराला, नेविसंघ झापा काठमाडौ सम्पर्क समितिका सभापति चोलेन्द्र दाहाल लगायतका व्यक्तिहरु त्रिभुवन विमानस्थल गएका थिए ।
काँकडभिट्टा । इन्डो–नेपाल मेचीनगर मिडिया फुटबल कप प्रतियोगिताबाट...
चारआली । झापाको धाइजन–चारआली फुटबल क्लबको आयोजनामा ‘धाइजन–चारआली...
मेचीनगर। मेचीनगर–३ वडा कार्यालय अन्तर्गतको खेलकुद समितिको आयोजनामा...
मेचीनगर । लाइन काटेको झ्वाकमा विद्युत्तका कर्मचारीमाथि कुटपीट...
ईटाभट्टा । मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले लागूऔषधका...
मेचीनगर । मेची उद्योग वाणिज्य संघको आगामी नेतृत्वका...
चारआली । झापाको धाइजन–चारआली फुटबल क्लबको आयोजनामा धाइजन–चारआली...
