मेचीनगर : हात्तीबाट धानबाली जोगाउन ‘मोवाइल फेन्सिङ’
मेचीनगर । जंगली हात्तीबाट धानबाली जोगाउन कोशी प्रदेशमा पहिलोपटक मेचीनगरमा ‘मोवाइल फेन्सिङ’ लगाउन सुरु गरिएको छ ।
मेचीनगर नगरपालिका–१ र ४ को पाँच सय विगाह जमिनमा अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)को आर्थिक सहयोग र उज्यालो नेपाल बर्दियाको प्राविधिक सहयोगमा मोवाइल फेन्सिङ (घुम्ती घेराबेरा) सुरु गरिएको वडा नम्बर ४ का वडाध्यक्ष अर्जुनकुमार कार्कीले बताए ।
उनले मोवाइल फेन्सिङका कारण तीन सयभन्दा बढी किसानको धानबाली हात्तीबाट जोगाउन सकिने बताए । ‘धान पाक्न सुरु भएपछि भारतबाट हुल बाँधेर आउने जंगली हात्तीबाट जोगाउन मुश्किल छ’, उनले भने– ‘किसानहरुको बाली जोगाउन मोवाइल फेन्सिङ गरेका हौं । कति सफल हुन्छ हेर्न बाँकी छ ।’
उनका अनुसार मेचीनगर नगरपालिका–४ को आले टुङ्गदेखि आमडाँगी विजुवासम्म मेचीखोला तर्फको धानखेतीमा ३०० विगाहमा तीन तिरबाट फेन्सिङ गरेर घेरिनेछ । बाँकी वडा नम्बर १ मा २०० विगाहमा यसैगरी घेराबेरा गरिने उनले बताए ।
उनले स्थानीय क्षेत्रमा पाइने बाँसको पोल, खानेपानीको पाइप र विद्युत प्रवाह हुने नांगो तारबाट फेन्सिङको संरचना निर्माण गरिएको जानकारी दिए । सौर्य ऊर्जामार्फत सञ्चालित यो प्रविधि हात्ती धपाउन यसअघि बर्दिया जिल्लामा मात्र प्रयोग भएको थियो । यसबाट प्रवाह हुने विद्युतीय करेन्टले बाली खान आउने हात्तीलगायतका जनावरलाई झट्का दिएर धपाउने उनले जानकारी दिए ।
उज्यालो नेपाल बर्दियाका प्रतिनिधि रमेश कुमार थापाले बर्दिया जिल्लाको मधुवन नगरपालिकामा यो प्रविधिको सफल परीक्षण भइसकेको हुँदा झापामा पनि प्रयोग गरिएको बताए । उनले इसिमोडको रु। १३ लाखको आर्थिक सहयोगमा मोवाइल फेन्सिङ गरिएको बताए ।
‘हामी बर्दियामा पहिलोपटक गरिएको परीक्षणमा सफल भयौं’, उनले भने– ‘यहाँ दोस्रोपटक परीक्षण गर्दैछौं, सफल हुनेमा हामी ढुक्क छौं ।’ उनले धानखेती मात्र नभएर अन्य खेतीमा समेत सो प्रविधिको प्रयोग गर्न मिल्ने हुँदा आवश्यकता अनुसार यसलाई ठाउँ सारेर प्रयोग गर्न मिल्ने बताए ।
हाल झापाको जंगल वरिपरि सयौं किलोमिटर लामो स्थायी सोलार फेन्सिङ निर्माण भइसकेको छ । भारतबाट हात्तीको हुल प्रवेश गर्न नसकोस् भने मेची नदीको किनारस्थित मेचीनगर–१,२,३ र ४ मा १९ किलोमिटर लामो स्थायी सोलार फेन्सिङ रहेको छ ।
मेचीनगर। मेचीनगर–३ वडा कार्यालय अन्तर्गतको खेलकुद समितिको आयोजनामा...
मेचीनगर । लाइन काटेको झ्वाकमा विद्युत्तका कर्मचारीमाथि कुटपीट...
ईटाभट्टा । मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले लागूऔषधका...
मेचीनगर । मेची उद्योग वाणिज्य संघको आगामी नेतृत्वका...
चारआली । झापाको धाइजन–चारआली फुटबल क्लबको आयोजनामा धाइजन–चारआली...
धुलाबारी । मेची उद्योग वाणिज्य संघको नेतृत्व सम्हाल्न...
झापा । मेचीनगर–८ स्थित विष्णुलक्ष्मी मन्दिरको खेलमैदानमा जारी...
