एमाले मेचीनगरको नेतृत्वमा जवस पनि रफ्तारमा

मेचीनगर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) मेचीनगरले नगरमा सक्रिय १४ जनवर्गिय संगठनलाई थप सक्रिय बनाउने योजना तय गरेको छ । नेकपा एमाले मेचीनगर कमिटीको गत मंगलबार बसेको पूर्ण बैठाकले नेकपा एमाले मेचीनगर जनताको गुनासो सुन्न टोलटोलमा जाने कार्यक्रम अनुरुप जनवर्गिय संगठनलाई थप सक्रिय बनाउने योजना तय गरिएको हो ।
नेकपा एमाले मेचीनगर कमिटीले आज मंगलबार पार्टी कार्यालयमा नगरमा सक्रिय १४ जनवर्गिय संगठनका प्रमुख तथा प्रतिनिधिसँग संगठनको अहिलेको अवस्थाको बारेमा जानकारी लिएको थियो । अखिल नेपाल किसान महासंघ, अखिल नेपाल महिला संघ, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन, लोकतान्त्रिक आदिवासी जनजाति महासंघ, नेपाल, नेपाल उत्पीडित जातीय मुक्ति समाज, नेपाल उद्योग व्यवसाय महासंघ, नेपाल खेलकुद महासंघ, नेपाल बुद्धिजीवी परिषद्, नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठन, प्रगतिशील तथा पेशागत कानुन व्यवसायी संगठन, प्रेस चौतारी नेपाल, राष्ट्रिय युवासंघ नेपाल, रिटर्नी फेडरेसन नेपालगायतका जनवर्गिय संगठनका प्रमुख तथा प्रतिनिधिहरुले संगठनको ताजा अबस्थाको वारेमा जानकारी गराएका थिए ।
नेकपा एमाले मेचीनगर नगर समितिको अध्यक्ष राजु कार्कीको अध्यक्षतामा सम्पन्न जनसंगठनको प्रमुख तथा प्रतिनिधिको भेलाको संञ्चालन नगर समिति सहसचिव तथा जनसंगठन मेचीनगर प्रमुख राजु धिमालले संञ्चालन गरेका थिए । समिति मेचीनगरका सचिव सागर ओलीले पार्टीको सर्कुलेशनको बारेमा जानकारी गराएका थिए । एमाले मेचीनगरको उपाध्यक्ष कञ्चन तामाङले भेलामा उठेका प्रश्नहरुको जवाफ दिदैँ जनवर्गीय संगठनलाई थप मजबुद गराउनका लागि पार्टी लागि पर्ने बताए ।
एमाले मेचीनगरले जनताको गुनासो सुन्ने अभियानलाई तिव्रता दिएसगैँ जनवर्गीय संगठन चलायमान बनाउनका लागि योजना बनाइरहेको छ । संगठनलाई थप चलायमान बनाउनका लागि असोज भित्रमा बैठकको आह्रवान र कार्तिक मसान्त भित्रमा अधिवेशन गर्नका लागि सर्कुलेशन समेत जारी गरको छ । अखिल नेपाल महिला संघको धिवेशन भने सम्पन्न भइसकेको छ ।

काँकरभिट्टा । राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा० को मेचीनगर समितिको...

बिर्तामोड । राष्ट्रिय स्वतन्त्र पार्टी मेचीनगरको प्रथम अधिवेशनमा...

मेचीनगर । पत्रकारितामा एआईको प्रयोग सम्बन्धी तीन दिने...

मेचीनगर । धरान सिटी एफसी सुनसरीलाई पराजित गर्दै...

मेचीनगर । धार्मिकरुपमा ऐतिहासिक स्थल रहेको चन्द्रेश्वर शिव...

झापा । मेचीनगर–७, इटाभट्टास्थित झापा नेशनल स्कूलले भारतमा...

काँकरभिट्टा । काँकरभिट्टाका सार्वजनिक जग्गाहरुको विषयमा बसेको सर्वदलीय...