मेचीनगर–६ : क्षयरोगीलाई दैनिक अण्डा खुवाउने
मेचीनगर । मेचीनगर वडा नं. ६ ले क्षयरोगीलाई दैनिक एउटा अण्डा खुवाउने कार्यक्रमको सूरुवात गरेको छ । वडा भित्रका सबै क्षयरोगीका लागि दैनिक एउटा अण्डा उसिनेर खुवाउने कार्यक्रम सूरु गरिएको मेचीनगर–६ का वडा अध्यक्ष ललितबहादुर तामाङले बताए । मंगलवार पहिलो दिन स्वास्थ्य केन्द्रमा क्षयरोगको औषधी सेवन गर्न आएका एक जना विरामीलाई वडा अध्यक्ष तामाङले उसिनेको एउटा अण्डा दिएर कार्यक्रमको सूरुवात गरेका हुन् ।
स्वास्थ्य केन्द्रमा दैनिक आएर क्षयरोगको औषधी सेवन गर्ने विरामीलाई वडा कार्यालयको तर्फबाट व्यवस्था गरिएको अण्डालाई स्वास्थ्य केन्द्रमा नै उसिनेर विरामीलई दिने व्यवस्थापन गरिएको स्वास्थ्य केन्द्रका प्रमुख लेखनाथ खतिवडाले बताए । ‘क्षयरोगको औषधी दैनिक स्वास्थ्य केन्द्रमा नै आएर खानु पर्छ,’ स्वास्थ्य केन्द्र प्रमुख खतिवडाले भने, ‘तेस्ता विरामीलाई हामी उसिनेको एउटा अण्डा खुवाएर अनि औषधी खुवाउँछौं ।’ अण्डा आफैंमा सम्पूर्ण पौष्टिक खाद्य पदार्थ भएकाले पनि यसले विरामीलाई फाइदा पुर्याउने खतिवडाले बताए ।
मेचीनगर–६ को वडा कार्यालयले आर्थिक बर्ष २०८१÷०८२ का लागि बार्षिक कार्यक्रममै क्षयरोगीलाई अण्डा खुवाउने कार्यक्रम राखेको छ । सोही कार्यक्रमलाई आर्थिक बर्षको पहिलो दिन आजदेखि नै कार्यान्वयन गरिएको वडा अध्यक्ष तामाङले बताए ।
कार्यक्रममा मेचीनगर नगरपालिकाका बरिष्ठ प्रशासकीय अधिकृत अनन्तप्रकाश वस्तीले वडा नं. ६ को यो कार्यक्रम नमूनाका रुपमा लिएर अन्य वडाले पनि यस्तो कार्यक्रम सञ्चालन गर्न उत्प्रेरणा मिल्ने बताए । स्वास्थ्य केन्द्र काँकरभिट्टामा क्षयरोगीलाई अण्डा वितरण गर्ने कार्यक्रममा नगर स्वास्थ्य शाखा प्रमुख सविता सापकोटाको समेत उपस्थीत रहेको थियो ।
काकडभिट्टा । सीमा सहजीकरण तथा सीमावर्ती क्षेत्रमा हुन...
मेचीनगर । झापाको मेचीनगरमा सञ्चालित पाँचतारे होटल मेची...
झापा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल...
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
मेचीनगर । मेचीनगर नगरपालिकाले ३८ जना ज्यालादारीमा कार्यरत...
मेचीनगर । मेचीनगर क्षेत्रका निजी विद्यालयहरूले आफूहरूले कानुन...
