मेचीनगर : सार्वजनिक सुनुवाई कार्यक्रम असार २७ गते
मेचीनगर । मेचीनगर नगरपालिकाले यहि असार २७ गते सार्वजनिक सुनुवाई कार्यक्रम गर्ने भएको छ । नगरपालिकाले यहि असार २० गते सूचना जारी गरेर सो विषयमा जानकारी गराएको हो ।
प्रमुख प्रशासकीय अधिकृतको हस्ताक्षर रहेको उक्त सूचनामा मेचीनगर नगरपालिका, नगर कार्यपालिका कार्यालयको सार्वजनिक सुनुवाई कार्यक्रम असार २७ गते दिउँसो १ वजे नगरपालिकाकै सभाहलमा हुने भएको सम्पूर्ण नगरवासीलाई उपस्थितिका लागि अनुरोध गरिएको पत्रमा उल्लेख छ ।
नगरपालिकाले यसअघि असार २० गते गर्ने भनेर पत्रचार गरेको थियो । तर, प्राविधिक कारणवश तयारी नपुगेको भन्दै सार्वजनिक सुनुवाई कार्यक्रम स्थगित गरेको थियो ।

मेचीनगर । तेस्रो मेचीनगर अन्तर विद्यालय स्तरीय फुटबल...
आदर्श माविले जित्यो भलिबल प्रतियोगिता काँकरभिट्टा । काँकरभिट्टामा सम्पन्न...
मेचीनगर । झापामा दुई ठुला राष्ट्रिय गौरवका आयोजनाहरु...
मेचीनगर । मेचीनगर नगरपालिकाका नगर प्रहरी सहायक निरीक्षक...
मेचीनगर । झापा मेचीनगर-१० को महालक्ष्मी कृषि सहकारी...
धुलाबारी (झापा) । गृहलक्ष्मी बचत तथा ऋण सहकारी...
काँकरभिट्टा । मितेरीले विरामीलाई काठमाडौंसम्म सुतेर जान मिल्ने...
