मेचीनगर : सार्वजनिक सुनुवाई कार्यक्रम असार २७ गते
मेचीनगर । मेचीनगर नगरपालिकाले यहि असार २७ गते सार्वजनिक सुनुवाई कार्यक्रम गर्ने भएको छ । नगरपालिकाले यहि असार २० गते सूचना जारी गरेर सो विषयमा जानकारी गराएको हो ।
प्रमुख प्रशासकीय अधिकृतको हस्ताक्षर रहेको उक्त सूचनामा मेचीनगर नगरपालिका, नगर कार्यपालिका कार्यालयको सार्वजनिक सुनुवाई कार्यक्रम असार २७ गते दिउँसो १ वजे नगरपालिकाकै सभाहलमा हुने भएको सम्पूर्ण नगरवासीलाई उपस्थितिका लागि अनुरोध गरिएको पत्रमा उल्लेख छ ।
नगरपालिकाले यसअघि असार २० गते गर्ने भनेर पत्रचार गरेको थियो । तर, प्राविधिक कारणवश तयारी नपुगेको भन्दै सार्वजनिक सुनुवाई कार्यक्रम स्थगित गरेको थियो ।

मेचीनगर। झापाको मेचीनगर-१४ को प्रगति टोल र पाथीभरा...
मेचीनगर। मेचीनगरको धुलाबारीमा आधुनिक सुविधा र अत्याधुनिक फिटनेस...
मेचीनगर । मेचीनगर–७ इटाभट्टामा सञ्चालित झापा नेशनल स्कूलले...
धुलाबारी । मेचीनगरकै उत्कृष्ट मध्येको एक शैक्षिक गन्तव्य...
धुलाबारी । शैक्षिक क्षेत्रमा विस्तारै फड्को मार्दै गरेको...
मेचीनगर । पूर्वमै पहिलोपटक झापाको धुलाबारीमा कफी बनाउने...

