एसी, फ्रिज मर्मत सम्बन्धी एक महिने तालिम

मेचीनगर । मेची उद्योग बाणिज्य संघको सभा हलमा आइतवारदेखि एसी, फ्रिज मर्मत सम्बन्धी एक महिने तालिम सुरु भएको छ ।
घरेलु तथा साना उद्योग कार्यालय भद्रपुरको आयोजना तथा मेची उद्योग बाणिज्य संघको समन्वयमा उक्त तालिमको उद्घाटन मेचीनगर नगरपालिकाका मेयर गोपालचन्द्र बुढाथोकीले गरेका थिए । मेयर बुढाथोकीले एक महिना लगाएर सिकेको सिपलाई व्यवहारमा बदल्न जोड दिएका थिए ।
एसी, फ्रिज मर्मत सम्बन्धी एक महिने तालिममा नगरका ३० जना सहभागी रहेका छन् । सहभागीलाई सिटीभिटीबाट लेभल २ पास गरेका प्रशिक्षक बासुदेव भण्डारीले तालिम दिइरहेका छन् ।
उद्घाटन कार्यक्रममा प्रमुख अतिथि मेयर बुढाथोकी, घरेलु तथा साना उद्योग कार्यालय भद्रपुरका उद्योग अधिकृत प्रेमप्रसाद सापकोटा, मेची उद्योग बाणिज्य संघका अध्यक्ष खेमराज प्रसाई लगायते शुभकामना मन्तव्य राखेका थिए ।
घरेलु तथा साना उद्योग कार्यालय भद्रपुरका उद्योग अधिकृत प्रेमप्रसाद सापकोटाको अध्यक्षता, स्वागत बाणिज्य संघका महासचिव दिनेश शाक्य र सञ्चालन कार्यकारी निर्देशक गोपाल बस्नेतले गरेका थिए ।

धुलाबारी । जेनजी आन्दोलनको क्रममा तोडफोड भएको मेचीनगर–१०...

मेचीनगर । जेनजी आन्दोलनको एक हप्तापछि मेचीनगरका नगरप्रमुख,...

झापा । जिल्ला प्रशासन कार्यालय झापाले जेनजी आन्दोलनको...

काठमाडौँ । ‘जेनजी’ पुस्ताको नाममा भएको प्रदर्शनका क्रममा...

काठमाडौं । सरकारले सामाजिक सञ्जालहरुमाथि लगाएको प्रतिबन्ध खुलाएको...

बाहुनडाँगी । चिया संसार प्रालि बाहुनडाँगीले आयोजना गरेको...