मेचीनगर –७ : निः शुल्क स्वास्थ्य शिविर, १ सय ३१ जनाले लिए सेवा


मेचीनगर । मेभीनगर –७ वडा कार्यालयको आयोजना तथा बिर्ता आई एण्ड इएन्टि सेन्टर बिर्तामोडको प्राविधिक सहयोगमा शुक्रबार एक दिवसीय आँखा तथा नाक, कान, घाँटी सम्बन्धी निःशुल्क स्वास्था परीक्षण शिविर सम्पन्न भएको छ ।

वडा कार्यालयको सभाहलमा आयोजित स्वास्थ्य शिविरमा १३१ जनाको आँखा परीक्षण गरिएको थियो । भने ७० जना नाक, कान, घाँटी सम्बन्धी समस्या भएका विरामी उपचारका लागि आएका थिए । आँखा परीक्षण गराएका मध्ये २४ जनामा मोतिया विन्दुको समस्या देखिएको थियो भने ७ जनाको आँखामा मासु पलाएको भेटिएको शिविर संयोजक गीता बस्नेतले जानकारी दिइन् ।

शिविरमा अतिविपन्न परिवारका विरामीलाई निःशुल्क आौषधि तथा चस्मा उपलब्ध गराइएको र सामान्य परिवारका सदस्यहरुलाई भने विषेश छुटमा औषधि तथा चश्मा उपलब्ध गराइएको उनले बताइन् । आँखाको समस्या भई अप्रेशन गर्नु पर्ने विरामीले अप्रेशन गर्दा रु ३५ सय शुल्क लाग्ने शिविर संयोजक बस्नेतको भनाइ छ । सो शुल्कमा अस्पतालले, विरामीको ल्यापटेष्ट, अपे्रशन तथा अप्रेशन पछिको औषधि र कालोचश्मा उपलब्ध गराउने भएको छ । उपचारको लागि अस्पताल जाँदा र घर फर्कदाको सवारी भाडा समेत अस्पताललेनै ब्यहोर्ने अस्पतालले जनाएको छ ।

मेचीनगर –७ का वडाध्यक्ष प्रह्लादमणि ओलीको सभापतित्वमा सम्पन्न शिविरमा वडाध्यक्ष ओलीले मेचीनगर ७ लाई दृष्टि रोग मुक्त वडा बनाउने उद्देश्यले शिविर सञ्चालन गरिएको बताए । वडा वासीको चाहानालाई ध्यानमा राखेर शिविर सञ्चालन गरिएको उनको भनाई थियो । वडाले ३ जना अतिविपन्न परिवारका सदस्यलाई निःशुल्क अप्रेशनको ब्यवस्था मिलाउने गरी अस्पतालसँग सहजिकरण गरिएको वडाध्यक्ष ओलीले जानकारी दिए ।

शिविर संयोजक बस्नेतको संयोजकत्वमा ४ जना प्राविधिकहरुको टोलीले स्वस्थ्य परीक्षण गरेको थियो । शिविरमा नेत्र साहयक, कृष्टिना लिम्बू, पृतिजा घिमिरे, नाक, कान, घाँटी विशेषज्ञ ईन्द्रबहादुर कार्की र एक जना फार्मेसिष्टि सहभागि थिए ।
औपचारिक कार्यक्रममा शिविर संयोजक बस्नेत, मेचीनगर ७ का वडा सदस्य पुनलाल राजवंशी, मेलमिलाप समितिका सदस्य पिताम्बर शर्मा, राजकुमारी राई लगायतले बोलेका थिए ।