काँकरभिट्टा–लौकही सडक : रुख कटान कार्य शुरु
काँकरभिट्टा । झापाको काँकरभिट्टादेखि लौकहीसम्मको सडक विस्तार अन्तर्गत सडक क्षेत्रमा पर्ने रुख कटान कार्य शुरु भएको छ । डिभिजनल वन कार्यालय झापाले आजबाट रुख कटान कार्य शुरु गरेको हो ।
बिहीवार झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलालको उपस्थितीमा मेचीनगर–१० धुलाबारी मोड पश्चिम एउटा रुख काटान गरि कार्यको शुभारम्भ गरिएको डिभिजन कार्यालय झापाका वन अधिकृत मेघराज राईले जानकारी दिए ।

उनका अनुसार काँकरभिट्टादेखि मावा खोलासम्म ५२ किलोमिटर सडकमा पर्ने ५ हजार आठ सय ४७ रुख आजबाट काट्न थालिएको हो । रुख कटान कार्य शुरु भइसकेकाले दुई महिनाभित्र सबै रुख काटेर सकिने उनले बताएका छन् । शुभारम्भ कार्यक्रममा मेचीनगर–१० बडाध्यक्ष नारायण खनाललगायत जनप्रतिनिधिको उपस्थिती रहेको थियो ।

मेचीनगर । मेचीनगर नगरपालिकाले विद्यालय, शिक्षक/कर्मचारी तथा विद्यार्थी...
बिर्तामोड । झापाको बिर्तामोड-२ मा अवस्थित निदि अंग्रेजी...
मेचीनगर । मेचीनगर–७ सतिघट्टाको भित्री सडकमा आज अपराह्न...
मेचीनगर । मेचीनगर–७ स्थित सतिघट्टा बगान क्षेत्रमा होलिबेल...



