काँकरभिट्टा–लौकही सडक : रुख कटान कार्य शुरु
काँकरभिट्टा । झापाको काँकरभिट्टादेखि लौकहीसम्मको सडक विस्तार अन्तर्गत सडक क्षेत्रमा पर्ने रुख कटान कार्य शुरु भएको छ । डिभिजनल वन कार्यालय झापाले आजबाट रुख कटान कार्य शुरु गरेको हो ।
बिहीवार झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलालको उपस्थितीमा मेचीनगर–१० धुलाबारी मोड पश्चिम एउटा रुख काटान गरि कार्यको शुभारम्भ गरिएको डिभिजन कार्यालय झापाका वन अधिकृत मेघराज राईले जानकारी दिए ।

उनका अनुसार काँकरभिट्टादेखि मावा खोलासम्म ५२ किलोमिटर सडकमा पर्ने ५ हजार आठ सय ४७ रुख आजबाट काट्न थालिएको हो । रुख कटान कार्य शुरु भइसकेकाले दुई महिनाभित्र सबै रुख काटेर सकिने उनले बताएका छन् । शुभारम्भ कार्यक्रममा मेचीनगर–१० बडाध्यक्ष नारायण खनाललगायत जनप्रतिनिधिको उपस्थिती रहेको थियो ।

मेचीनगर । तेस्रो मेचीनगर अन्तर विद्यालय स्तरीय फुटबल...
आदर्श माविले जित्यो भलिबल प्रतियोगिता काँकरभिट्टा । काँकरभिट्टामा सम्पन्न...
मेचीनगर । झापामा दुई ठुला राष्ट्रिय गौरवका आयोजनाहरु...
मेचीनगर । मेचीनगर नगरपालिकाका नगर प्रहरी सहायक निरीक्षक...
मेचीनगर । झापा मेचीनगर-१० को महालक्ष्मी कृषि सहकारी...
धुलाबारी (झापा) । गृहलक्ष्मी बचत तथा ऋण सहकारी...
काँकरभिट्टा । मितेरीले विरामीलाई काठमाडौंसम्म सुतेर जान मिल्ने...
