‘बेलायतमा रहेर नेपालमा सहयोग गर्ने धनकिरणको कार्य प्रशंसा योग्य’


मेचीनगर । बेलायतको फोक्सटन सिटीसंग भगिनी सम्बन्ध गासिएको मेचीनगर नगरपालिकालाई दिर्घकालिन रुपमा महत्वपूर्ण रहने नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले बताएका छन् । मंगलवार मेचीनगरमा गोर्खा फाउन्डेसन बेलायतका अध्यक्ष धनकिरण गुरूङ तथा गोर्खा फाउन्डेसन नेपालका पदाधिकारीहरुसंगको भेटघाट तथा छलफलमा नगरप्रमुख बुढाथोकीले मेचीनग र फोक्सटन सिटी बिचको भगिनी सम्बन्धले आगामी दिनमा प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास लिइएको बताए ।

गोर्खा फाउन्डेसन बेलायत मार्फत विगतदेखि नै नगरको शैक्षिक, स्वास्थ्यलगायतका क्षेत्रमा सहयोग गर्दै आइरहेकोमा अब फोक्सटन सिटीसंग सम्बन्ध जोडिएपछि अझ थप महत्वपूर्ण कार्य गर्न सकिने उनको भनाई छ । उनले संस्थागत रुपमा नै फोक्सटन सिटीलाई २०२५ मा मेचीनगरमा निमन्त्रणा गरिएको बताउँदै यी दुई नगरपालिका बिच प्रगाढ सम्बन्ध कायम गरिने छ । साथै उनले बेलायतमा द गोर्खा फाउन्डेसन दर्ता गरि नेपाललाई सहयोग पुर्याइरहेकोमा धनकिरण गुरूङसहितको टिमलाई बिशेष आभार व्यक्त गरे ।

नेपाल र बेलायतको दुई नगरबिच बिशेष सम्बन्ध कायम गर्न केही महिना अघि मात्रै मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना पोख्रेल उप्रेतीसहितको टोलि बेलायत गएको थियो । उक्त भ्रमण बिशेषगरी मेचीनगरका लागि दिर्घकालिन रूपमै फलदायी भएको गोर्खा फाउन्डेसन युकेका अध्यक्ष धनकिरण गुरूङ बताउँछन् । उनले अब गोर्खा फाउन्डेसनले मेचीनगर क्षेत्रमा मात्रै लगानी गर्ने उदेश्य लिइएको बताउँदै फोक्सटन सिटीलाई पनि यसतर्फ आकर्षित गर्ने कार्यमा आफु लाग्ने बताए ।

मेचीनगरका बरिष्ठ प्रशासकीय अधिकृत अनन्त प्रकाश वस्तीले सञ्चालन गरेको कार्यक्रममा मेचीनगरका प्रमुख प्रशासकीय अधिकृत होम भण्डारी, गोर्खा फाउन्डेसन नेपालका अध्यक्ष गंगालाल गुरूङलगायतका पदाधिकारी, मेचीनगरका विभिन्न वडाका वडाध्यक्ष, कार्यपालिका सदस्यहरुको उपस्थिती रहेको थियो ।