अनेरास्ववियु मेचीनगर कमिटीको अध्यक्षमा भण्डारी


मेचीनगर । अनेरास्ववियु मेचीनगर कमिटीको अध्यक्षमा शुलभ भण्डारी चयन भएका छन् । धुलाबारी स्थित मेची उद्योग वाणिज्य संघको सभाहलमा बुधबार सम्पन्न अनेरास्ववियु मेचीनगर नगर कमिटीको दोस्रो अधिवेशनबाट भण्डारी अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् ।

भण्डारीको नेतृत्वमा दुई बर्षे कार्यकालका लागि गठन भएको नयाँ कार्य समितिको उपाध्यक्षमा मदन चिमरीया र उत्सव भट्टराई चयन भएका छन् । त्यस्तै कमिटिको सचिवमा उदेश्य भण्डारी, सहसचिवमा विशाल ढकाल, रोमा भट्टराई, क्षितीज तिम्सिना, कुमार आचार्य र दिपक ओली तथा कोषाध्यक्षमा तुलसा खनालसहित ३१ सदस्यीय रहेको छ ।

अनेरास्ववियुका पूव नेता समेत रहेका एमाले नेता टिका मग्रातीको प्रमुख आतिथ्यतामा आयोजना भएको कार्यक्रममा एमाले मेचीनगर अध्यक्ष राजु पोख्रेल, नगर ईन्चार्ज चन्द्र प्रसाई, अनेरास्ववियु नेता दुर्गा धमला, केन्द्रिय सदस्य तथा झापा ईन्चार्ज रोशन लामा, जिल्ला अध्यक्ष बलाराम गिरी, प्रदेश कमिटि उपाध्यक्ष नारायण पोख्रेल, सह सचिव लक्ष्मी न्यौपाने, सदस्य सन्तोष धमला, जिल्ला सह सचिव विनिता न्यौपाने, सदस्य आशिष पौडेल, मञ्जु चिमरीया, गगन ढकाल, क्षितीज लुइटेललगायत अखिलका नेताहरुको आतिथ्यता रहेको थियो ।

अनेरास्ववियु मेचीनगर कमिटी अध्यक्ष विरु मेचेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष ईस्वर रिजालले गरेका थिए भने, सञ्चालन सह सचिव सचेत घिमिरेले गरेका थिए ।