थेसिस स्टुडेन्ट स्पोट सम्पन्न, उपाधि विद्या विकासलाई
मेचीनगर । थेसिस स्टुडेन्ट स्पोर्ट क्लवद्धारा आयोजित तीन दिवसीय नकआउट फुटवल टुनामेन्ट सोमबार (आज) सम्पन्न भएको छ । १२ वर्ष मुनिका छात्र र १५ वर्ष मुनिका छात्र (यू १२ र यू १५) का विद्यार्थीहरुको अन्तर विद्यालय फुटवल प्रतियोगिता सम्पन्न भएको हो ।
दिप ज्योतीको खेलमैदानमा आज सम्पन्न फाइनल प्रतियोगितामा झापा नेशनललाई हराउँदै विद्या विकासले उपाधि हात पारेको छ । अण्डर १२ र अण्डर १५ का विद्याथीहरुको खेलमा विद्या विकासले दुबै उपाधि हात पारेको हो ।

‘स्वास्थ्यका लागि फुटबल, राष्ट्रका लागि फुटवल’ भन्ने नाराका साथ सुरु भएको प्रतियोगितामा मेचीनगर भित्रका १६ वटा टिमहरुले भाग लिएका थिए । विद्यालयले यस किसिमको प्रतियोगिता हरेक वर्ष गर्दै आएको छ । हामी विद्यार्थीको लुकेर रहेको प्रतिभा प्रस्फुटन गराई उनीहरुको क्षमता विकास गराउने अभियानमा छौं, विद्यलयका संस्थापक प्रिन्सिपल डम्बर रुचालले भने ।

स्पोर्ट क्लवकी अध्यक्ष मञ्जिला मेचेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा थेसिस इङलिस सेकेन्डरी स्कुलका संस्थापक प्रिन्सिपल डम्बर रुचाल, प्याब्सन मेचीनगरका कोषाध्यक्ष कमल भेवाल, प्याब्सन मेचीनगर सचिव नेत्र खतिवडा, राष्ट्रिय खेलाडी विशाल राई, खेलाडी तिलक कार्की, दिप ज्योती क्लवका अध्यक्ष सनम राई, दिप ज्योती टोल विकास समितिका अध्यक्ष धनबहादुर राई , उपाध्यक्ष सुरेश राई, सचिव युवराज प्रधान लगायतले बोलेका थिए ।
कार्यक्रमको सञ्चालन कक्षा १० की छात्रा प्रजिला बुढाथोकी र प्रनिशा तामाङले गरेका थिए ।
काकडभिट्टा । सीमा सहजीकरण तथा सीमावर्ती क्षेत्रमा हुन...
मेचीनगर । झापाको मेचीनगरमा सञ्चालित पाँचतारे होटल मेची...
झापा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल...
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
मेचीनगर । मेचीनगर नगरपालिकाले ३८ जना ज्यालादारीमा कार्यरत...
मेचीनगर । मेचीनगर क्षेत्रका निजी विद्यालयहरूले आफूहरूले कानुन...
