राष्ट्रिय नृत्यमा थेसिस स्कुल सर्बाेत्कृष्ट
मेचीनगर । निजी तथा आवसीय विद्यालय अर्गनाइजेशन नेपाल मेचीनगरको नगर स्तरीय साँस्कृतिक कार्यक्रममा थेसिस इङ्लिस सेकेन्डरी स्कुल सर्बाेत्कृष्ट स्थान हासिल गर्न सफल भएको छ ।
मेचीनगर–४ बाहुनडाँगीको सामुदायिक हलमा सम्पन्न साँस्कृतिक कार्यक्रममा कक्षा ८ सम्मको राष्ट्रियतर्फको नृत्यमा थेसिस इङ्लिस सेकेन्डरी स्कुल मेचीनगर–३ ले स्कुल सर्बाेत्कृष्ट स्थान हासिल गर्न सफल भएको हो ।
राष्ट्रियतर्फको नृत्यम सर्वोत्कृष्ट स्थान हासिल गरे सँगै यो विद्यालय आगामी आगामी पुष २ गते दमकमा हुने जिल्ला स्तरीय कार्यक्रममा सहभागि हुने छ ।

गायन गर्फ उत्कृष्ट सुर र ताल तर्फ पनि थेसिस इङ्लिस सेकेन्डरी स्कुलले नै उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ । गायन गर्फ उत्कृष्ट सुरमा कक्षा ८ का दिक्षेन तामाङ र उत्कृष्ट ताल तर्फ कक्षा ७ की सुप्रिया दियाली पुरस्कृत भएको आयोजनले जनाएको छ ।
‘लोक संस्कृतिको खोज, अनुसन्धान र अभ्यास, सहित संरक्षण विद्यार्थी र विद्यालयको अभियान’ भन्ने मूल नाराका साथ सोमबारबाट सुरु भएको प्रतियोगितामा नगरका ३५ विद्यालय मध्ये २६ वटा विद्यालयले सहभागिता जनाएर लोक संस्कृति झल्कने रोचक नृत्य तथा गीत प्रस्तुत गरेका थिए ।

मेचीनगर । विद्यार्थीहरुको प्रतिभा तथा क्षमता अभिबृद्धि गर्न...
मेचीनगर । मेचीनगर–४ स्थित बाहुनडाँगी बजारमा भारत, भूटान...
मेचीनगर । इण्डो नेपाल मेचीनगर मिडिया कप २०८२को...
मेचीनगर । प्रेस क्लब मेचीनगरको आयोजना हुन गइरहेको...
मेचीनगर । झापाको मेचीनगर–४ बहुनडाँगी बजारमा चौथो अन्तर्राष्ट्रिय...
धुलाबारी । खुट्टिडाँगी सामुदायिक वन उपभोक्ता समूह तथा...
काँकरभिट्टा । पूर्वीनाका काँकरभिट्टास्थित मेची भन्सार कार्यालयमा परीक्षणका...
