गायनमा दुर्गा आवसीय र पारिजात पब्लिक सर्वाेत्कृष्ट
मेचीनगर । निजी तथा आवसीय विद्यालय अर्गनाइजेशन नेपाल मेचीनगरका नगर स्तरीय साँस्कृतिक कार्यक्रममा गयन तर्फ मेचीनगरका दुई वटा विद्यालयले गायन विद्यामा सर्बाेत्कृष्ट स्थान हासिल गर्न सफल भएका छन् ।
१२ वर्ष मुनीका विद्यार्थीहरुको गायन प्रतियोगितामा दुर्गा आवसीय विद्यालय धाइजन र १२ वर्ष माथिका विद्यार्थीहरुको गायन प्रतियोगितामा पारिजात पब्लिक स्कूल समेत सर्वाेत्कृष्ट स्थान हासिल गर्न सफल भएको मेचीनगर प्यावसनका अध्यक्ष डम्वर रुचालले जनकारी दिए । गायन विद्यामा सर्वोत्कृष्ट स्थान हासिल गरे सँगै यी दुई वटै विद्यालय आगामी आगामी पुष २ गते दमकमा हुने जिल्ला स्तरीय कार्यक्रममा सहभागि हुने निश्चित भएको छ ।
‘लोक संस्कृतिको खोज, अनुसन्धान र अभ्यास, सहित संरक्षण विद्यार्थी र विद्यालयको अभियान’ भन्ने मूल नाराका साथ सोमबारबाट सुरु भएको प्रतियोगितामा नगरका ३५ विद्यालय मध्ये २६ वटा विद्यालयले सहभागिता जनाएर लोक संस्कृति झल्कने रोचक नृत्य तथा गीत प्रस्तुत गरेका थिए ।

प्याब्सन मेचीनगरका अध्यक्ष डम्बर रुचालको सभापतित्व तथा मेचीनगर शिक्षा शाखा प्रमुख होम भण्डारीको प्रमुख आतिथ्यमा सम्पन्न उद्घाटन कार्यक्रममा प्रमुख अतिथि भण्डारीले साँस्कृतिक कार्यक्रम विद्यार्थीको प्रतिभा देखाउने एउटा उत्सवका रुपमा स्थापित हुँदै गएको बताए । उनले कुन विद्यार्थी के विषयमा रुची राख्छ, उसको अभिरुचीलाई ख्याल गरेर अघि बढने वातवरण सिर्जना गर्न अभिभावक तथा शिक्षकहरुलाई आग्रह समेत गरे ।
कार्यक्रममा मेचीनगर वडा नं ४ का वडाध्यक्ष अर्जुन कार्कीले निजी विद्यालयहरुले शिक्षासँगै अतिरिक्त क्रियाकलापलाई महत्वका साथ अघिबढाएर विद्यार्थीको सर्वाङगिण विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताए ।
मेचीनगर । तेस्रो मेचीनगर अन्तर विद्यालय स्तरीय फुटबल...
आदर्श माविले जित्यो भलिबल प्रतियोगिता काँकरभिट्टा । काँकरभिट्टामा सम्पन्न...
मेचीनगर । झापामा दुई ठुला राष्ट्रिय गौरवका आयोजनाहरु...
मेचीनगर । मेचीनगर नगरपालिकाका नगर प्रहरी सहायक निरीक्षक...
मेचीनगर । झापा मेचीनगर-१० को महालक्ष्मी कृषि सहकारी...
धुलाबारी (झापा) । गृहलक्ष्मी बचत तथा ऋण सहकारी...
काँकरभिट्टा । मितेरीले विरामीलाई काठमाडौंसम्म सुतेर जान मिल्ने...
