पौडेल बन्धुहरुको सामुदायिक भवनसँगै महायज्ञको तयारी

दमक । झापाको दमक-७ बराह टोल स्थित लेखनाथ मार्गमा निर्माण गरिएको पौड्याल बन्धुहरुको सामुदायिक भवन उदघाटन तथा महायज्ञको तयारी गरिएको छ ।
पौडेल वंशोद्धार केन्द्रिय समितिको आयोजनामा यही मसिंर २७ गते भवनसँगै सप्ताहव्यापी श्रीमद भागवत बराह महापुराणका सप्ताह ज्ञान महायज्ञको समेत उदघाटन गरिने भएको हो ।
मसिंर २३ देखि २५ गते सम्म बराह भगवानको मूर्ति अनावरण गरिनुका साथै प्राण प्रतिष्ठा अनुष्ठान सञ्चालन हुने र २७ गतेदेखि श्रीमदभागवत महायज्ञ शुरु हुने मूल आयोजक समितिका संयोजक लोकनाथ पौड्यालले जानकारी दिए ।
२७ गते बिहान १० बजे कलश यात्रा निकालिने र दिउँसो १ बजे नवनिर्मित पौडेल वंशोद्धार सामुदायिक भवनको उदघाटन गरिने कार्यक्रम सार्वजनिक गरिएको छ ।
महायज्ञमा आचार्य पण्डीत शान्तिराम नेपाल प्रमुख कथावाचकका रुपमा रहनेछन भने उपवाचकका रुपमा अग्नीप्रसाद पौडेल र लक्ष्मीप्रसाद पौडेल रहनेछन । महायज्ञ सम्पन्न गर्न लोकनाथ पौड्यालको संयोजकत्वमा पुराण आयोजक मूल समिति गठन गरि काम अघि बढाइएको छ भने सहसंयोजकमा प्रल्हादकुमार पौड्याल रहेका छन । कलश यात्रा संयोजकको जिम्मेवारी रामकुमारी पौड्याललाई दिइएको छ भने पूजा व्यवस्थापन समिति संयोजकको जिम्मेवारी पार्वता पौडेललाई दिइएको जनाइएको छ ।

मेचीनगर । नेपालको पूर्वी भेगमा अवस्थित मेचीनगर नगरपालिका...

मेचीनगर । मेचीनगर नगरपालिकाले आफ्ना नागरिकको स्वास्थ्य उपचारलाई...

अहिले कोशी प्रदेश पर्यटन वर्ष २०८२ चलिरहेको छ...

कमल । झापाको कमल गाउँपालिकाले आज सार्वजनिक सुनवाई...

बिर्तामोड । २०७४ सालमा निदि सेकेन्डरी स्कुलले जब...

धुलाबारी । मेचीनगर–९ स्थित पारिजात पब्लिक स्कूलले २०८१...

धुलाबारी । मेचीनगर – १० धुलाबारी स्थित इष्ट...

मेचीनगर । मेचीनगर–६, पुरानो भन्सार, काँकडभिट्टामा ईभी नेपाल...