धुलाबारी महोत्सवमा आज ‘मन्त्र व्याण्ड’ आउने
धुलाबारी । मेचीनगरमा जारी धुलाबारी महोत्सवमा आज आज ‘मन्त्र व्याण्ड’को साँगितिक प्रस्तुति रहनेछ । मेची चेम्बर अफ कमर्सको आयोजनामा असोज २६ गतेदेखि मेचीनगरमा सुरु भएको कृषि, पर्यटन तथा व्यापारिक महोत्सव–२०८० मा बुधवार दार्जलिङको रक एण्ड रोल ब्यान्ड ‘मन्त्र’ ले वृहत साँगितिक कार्यक्रम गर्ने भएको हो ।
महोत्सवमा स्थापित ब्याण्ड मन्त्रले सांगीतिक माहोल तताउँनेछ । राति ८ बजेदेखि सुरु हुने कार्यक्रममा मन्त्र ब्याण्डले आफ्ना चर्चित गीत–संगीत मार्फत भरपुर मनोरञ्जन दिने आयोजक कमर्सका महासचिव प्रकाश खड्काले जानकारी दिए । मन्त्रले ‘एकान्तमा’, ‘संस्कृति’, ‘सधैं सधैं’, ‘वीर गोर्खाली’ लगायतका चर्चित गीतहरु दर्शकहरु माझ पस्किनेछन् छन् ।
महोत्सवमा राष्ट्रिय कलाकारहरु धमाधम आउन थालेपछि दर्शकहरुको भिड बढ्न थालेको आयोजकको भनाई छ । यसअघि महोत्सवमा चर्चित र्यापर आशिष राना ‘लाहुरे’ गायिका रचना रिमाल, एलिना चौहान, मेलिना मैनाली, गायक माइला, महेश काफ्ले, प्रमोद खरेल, कमल खत्री ज्योती मगरलगायतका राष्ट्रिय कलाकारहरुले आफ्नो प्रस्तुति दिइसकेका छन् । महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको वेजोड प्रस्तुति दिइरहेका छन् ।
मेचीनगर। मेचीनगर नगरपालिकाको महिला तथा बालबालिका शाखाद्वारा सञ्चालित...
मेचीनगर । हिमालयन एग्रोकोलोजी रिसर्च एण्ड डेभलपमेन्टको आयोजना...
मेचीनगर । आदर्श डोजो क्लब मेचीनगरको आयोजनामा यही...
काँकडभिट्टा । विश्व पर्यटन दिवसको अवसरमा झापाको काँकडभिट्टामा...
काठमाडौं । नेपाल प्रहरीको खरिद प्रक्रियामा अनियमितता भएको...
झापा । कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालिद्वारा सञ्चालित...
मेचीनगर । लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि...
