धुलाबारी महोत्सवमा आज ‘मन्त्र व्याण्ड’ आउने
धुलाबारी । मेचीनगरमा जारी धुलाबारी महोत्सवमा आज आज ‘मन्त्र व्याण्ड’को साँगितिक प्रस्तुति रहनेछ । मेची चेम्बर अफ कमर्सको आयोजनामा असोज २६ गतेदेखि मेचीनगरमा सुरु भएको कृषि, पर्यटन तथा व्यापारिक महोत्सव–२०८० मा बुधवार दार्जलिङको रक एण्ड रोल ब्यान्ड ‘मन्त्र’ ले वृहत साँगितिक कार्यक्रम गर्ने भएको हो ।
महोत्सवमा स्थापित ब्याण्ड मन्त्रले सांगीतिक माहोल तताउँनेछ । राति ८ बजेदेखि सुरु हुने कार्यक्रममा मन्त्र ब्याण्डले आफ्ना चर्चित गीत–संगीत मार्फत भरपुर मनोरञ्जन दिने आयोजक कमर्सका महासचिव प्रकाश खड्काले जानकारी दिए । मन्त्रले ‘एकान्तमा’, ‘संस्कृति’, ‘सधैं सधैं’, ‘वीर गोर्खाली’ लगायतका चर्चित गीतहरु दर्शकहरु माझ पस्किनेछन् छन् ।
महोत्सवमा राष्ट्रिय कलाकारहरु धमाधम आउन थालेपछि दर्शकहरुको भिड बढ्न थालेको आयोजकको भनाई छ । यसअघि महोत्सवमा चर्चित र्यापर आशिष राना ‘लाहुरे’ गायिका रचना रिमाल, एलिना चौहान, मेलिना मैनाली, गायक माइला, महेश काफ्ले, प्रमोद खरेल, कमल खत्री ज्योती मगरलगायतका राष्ट्रिय कलाकारहरुले आफ्नो प्रस्तुति दिइसकेका छन् । महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको वेजोड प्रस्तुति दिइरहेका छन् ।
चारआली । झापाको धाइजन–चारआली फुटबल क्लबको आयोजनामा ‘धाइजन–चारआली...
मेचीनगर। मेचीनगर–३ वडा कार्यालय अन्तर्गतको खेलकुद समितिको आयोजनामा...
मेचीनगर । लाइन काटेको झ्वाकमा विद्युत्तका कर्मचारीमाथि कुटपीट...
ईटाभट्टा । मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले लागूऔषधका...
मेचीनगर । मेची उद्योग वाणिज्य संघको आगामी नेतृत्वका...
चारआली । झापाको धाइजन–चारआली फुटबल क्लबको आयोजनामा धाइजन–चारआली...
धुलाबारी । मेची उद्योग वाणिज्य संघको नेतृत्व सम्हाल्न...
