उल्लासमय बनोस् दसैँ
नेपालीहरुको महान पर्व वडादसैँ सुरु भएको छ । वर्षभरिकोे दुःखलाई बिसाएर परिवार तथा आफन्तबीच रमाइलो गरिने एउटा अवसर पनि हो । चाडपर्वलाई रमाइलो गर्ने महत्वपूर्ण अवसरको रुपमा लिएर मनाउनुपर्छ । दसैँ भन्ने वित्तिकै आफूभन्दा ठूलाबाट आशिर्वाद लिने मात्रै होइन, संस्कृतिलाई संरक्षण गर्ने माध्यम पनि हो । त्यसैले, हाम्रो घरआँगनमा आएको दसैँलाई उल्लासमय बनाउनतर्फ लाग्न जरुरी छ ।

प्रकाश पौडेल
प्रकाशक/सम्पादक
चाडपर्व बेला विशेषगरी झैँ झगडा, आपराधिक घटना हुनसक्ने सम्भावनालाई नकार्न सकिदैन । शान्ति सुरक्षामा प्रहरी प्रशासन यो बेला २४ सै घण्टा खटिएका हुन्छन् । तर पनि अप्रिय घटनाहरु हुने गरेका छन् । यस्ता घटना हुन नदिन आफू स्वयम्ले सचेतना अपनाउन आवश्यक छ । ताकी हाम्रा चाडपर्व खल्लो र पीडादायी नबनोस् । स्थानीय सरकार मेचीनगर नगरपालिकाले पनि पर्वहरुलाई सुरक्षित बनाउन आग्रह गरिरहेको छ । स्थानीय जनताले शान्तिपूर्ण तरिकाले खुशी साट्न पाउनु सबैभन्दा महत्वपूर्ण पक्ष हो । यसैलाई मध्यनजर गरेर स्थानीय सरकारले बेलैदेखि जनतालाई सचेतना जगाउने काम गरेको छ ।
चाडपर्वको बेला बजार क्षेत्रमा बढी मनपरी हुने गरेको देखिएको छ । यो बेला व्यापारीले आफूखुशी सामानको मूल्य बढाउने गरेका छन् । जसले गर्दा उपभोक्ता नराम्ररी मारमा परेका छन् । तर, यो विषयमा स्थानीय सरकार कडारुपमा प्रस्तुत हुन सकेको छैन । उपभोक्ताले राहत पाउनसक्ने गरीको परिणाम बजार अनुगमनबाट आउनु पर्छ । तर, आउन सकेको छैन । त्यसैले, चाडपर्वलाई उल्लासमय बनाउन नियमक निकायको सक्रियता बढ्न आवश्यक छ ।
मेचीनगर । मेचीनगर–७ इटाभट्टामा सञ्चालित झापा नेशनल स्कूलले...
धुलाबारी । मेचीनगरकै उत्कृष्ट मध्येको एक शैक्षिक गन्तव्य...
धुलाबारी । शैक्षिक क्षेत्रमा विस्तारै फड्को मार्दै गरेको...
मेचीनगर । पूर्वमै पहिलोपटक झापाको धुलाबारीमा कफी बनाउने...
मेचीनगर । प्राविधिक शिक्षण सिकाइमा अब्बल मेचीनगर–९ मा...
मेचीनगर । मेचीनगर – ८ स्थित धाकरु बस्तीका...
धुलावारी । धुलावारी जेसिजको ४६औँ पदहस्तान्तरण कार्यक्रम सम्पन्न...
धाइजन । लायन्स क्लब अफ धाइजन चारआलीले यहाँका एक...