धुलाबारी कृषि तथा पर्यटन महाेत्सव सुरू
धुलाबारी । मेचीनगर-१० धुलावारीमाेडमा धुलाबारी कृषि तथा पर्यटन महाेत्सव सुरू भएकाे छ । शुक्रबार मेची चेम्बर अफ कमर्सले आयोजना गरेकाे धुलाबारी कृषि तथा पर्यटन महाेत्सव आजदेखि सुरू भएको हाे ।
महाेत्सवकाे उद्घाटन मेचीनगर नगरपालिकाका कार्यवाहक मेयर ह्दय राजबंशीले गरेका थिए । महाेत्सवकाे उद्घाटन अतिथिहरू राेटेपिङमा चढेर गरेका थिए ।

प्रमुख अतिथि कार्यवाहक मेयर राजबंशीले महाेत्सवले संस्थाले मुनाफा कमाउने भन्दा पनि कृषि तथा पर्यटनकाे व्यापारिक प्रर्वधनमा जाेड दिन आग्रह गरे ।
कार्यक्रममा कार्यवाहक मेयर राजबंशी, मेचीनगर-१० का वडाध्यक्ष नारायण खनाल लगायतले महाेत्सव सफलताकाे शुभकामना मन्तव्य राखेका थिए ।
महाेत्सव कार्तिक १५ गतेसम्म सञ्चालन हुनेछ । महाेत्सवमा कृषि तथा पर्यटनसँग सम्बन्धिका स्टल, राेटेपिङ, बालबालिकाका लागि मनाेरञ्जनका सामाग्रीहरू र राष्ट्रिय तथ स्थानीय कलाकारहरूद्वारा सांस्कृति कार्यक्रम हुने संस्थाका पूर्व अध्यक्ष एवम् महाेत्सव व्यवस्थापन समितिका संयाेजक रविन वस्नेतले बताए ।
महाेत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरूकाे वेजाेड प्रस्तुति रहने आयोजकले जनाएकाे छ ।
आज साँझ स्थानीय कलाकारहरूकाे सांगीतिक प्रस्तुति रहने प्रदिप ईन्टरप्राईजेजका सञ्चालक एवम् ठेकेदार रेवन्त कटुवालले जानकारी दिए । उनले भाेलि (शनिवार) चर्चित कलाकार रचना रिमालकाे वेजाेड प्रस्तुति रहने बताए ।
मेची चेम्बर अफ कमर्स मेचीनगरकी अध्यक्ष रूकमिणा आचार्य पाेखरेलकाे अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रमकाे स्वागत उपाध्यक्ष कृष्ण पनेरूले र सञ्चालन महासचिव प्रकाश खड्काले गरेका थिए ।
मेचीनगर । मेचीनगर नगरपालिकाले ३८ जना ज्यालादारीमा कार्यरत...
मेचीनगर । मेचीनगर क्षेत्रका निजी विद्यालयहरूले आफूहरूले कानुन...
काँकडभिट्टा । गृहमन्त्री सुदन गुरुङले झापाको काँकडभिट्टा सीमा...
बिर्तामोड । एसियाली राजमार्ग स्तरोन्नति आयोजनाअन्तर्गत झापाको मेचीनगरस्थित...
मेचीनगर । मेचीनगर–९ स्थित मागुरमाडी सामुदायिक वन उपभोक्ता...
मेचीनगर । झापाको मेचीनगर नगरपालिका–१४ दुवागढीमा शुक्रबार बिहान...
झापा । झापाको मेचीनगर–१० धुलाबारीस्थित एक स्थानीय होटलमा...
धुलाबारी । नेपाल विद्युत प्राधिकरण धुलाबारी वितरण केन्द्रले...