परिवर्तन थिएटर काँकरभिट्टामा नाटक ‘म्लेच्छ’को प्रर्दशन शुरु

काँकरभिट्टा । परिवर्तन थिएटरको प्रस्तुती नाटक ‘म्लेच्छ’ बिहिबारबाट प्रर्दशन शुरु भएको छ । परिवर्तन थिएटर काँकरभिट्टामा दैनिक दुई वटा शो भइरहेको हो ।
बिहिबारबाट प्रर्दशन शुरु नाटक म्लेच्छले आदिवासी समुदायको अवस्थाको बारेमा चित्रण गरेको नाटकका निर्देशक गणेश बस्नेतले बताए । आदिवासी समुदायले कसरी आफ्नो थातथलो छोडेर लखेटिनु परेको थियो भनेर म्लेच्छ नाटकमा देखाउन खोजिएको नाटकका लेखक पत्रकार पर्वत पोर्तेलले बताए ।
१७ जना कलाकारले अभियन गरेको नाटक निक्कै मेहनतका साथ तयार पारेको र दर्शकको मन जित्ने विश्वास लिएको नाटकका कला संयोजक कविता नेपालले बताइन । कार्तिक ३ गतेसम्म मञ्चन गरिने नाटक हेर्नका लागि २५० र ५०० को टिकट शुल्क निर्धारण गरिएको परिवर्तन थिएटरले जनाएको छ । नाटक एक घण्टा १० मिनेटको रहेको छ ।

बिर्तामोड । २०७४ सालमा निदि सेकेन्डरी स्कुलले जब...

धुलाबारी । मेचीनगर–९ स्थित पारिजात पब्लिक स्कूलले २०८१...

धुलाबारी । मेचीनगर – १० धुलाबारी स्थित इष्ट...

मेचीनगर । मेचीनगर–६, पुरानो भन्सार, काँकडभिट्टामा ईभी नेपाल...

भद्रपुर । झापामा संस्थागत विद्यालयका शिक्षक शिक्षिकाहरूलाई मोटिभेसन...