मेचीनगर मेयरसहितकाे टाेली बेलायात जाँदै
मेचीनगर । बेलायतको फक्सटन टाउनको कार्यक्रममा सहभागीताका लागि झापाको मेचीनगरका मेयर र उपमेयरसहित ७ सदस्यीय टोली बेलायत प्रस्थान गर्ने भएका छ्न् ।
मेचीनगर र बेलायतस्थित फक्सटन टाउनलाई भगिनी सम्बन्ध कायम गर्न २९ सेक्टेम्बर २०२३ देखि सुरु हुने चार्टर सेरमनी कार्यक्रम सहभागी हुन जाने तयारी गरेको मेयर गोपालचन्द्र बुढाथोकीले पत्रकार भेटघाटमा जानकारी दिए ।
बेलायतको फक्सटन टाउन र मेचीनगरको सम्बन्ध प्रगाढ गर्दै प्रबिधिसहिको बिकासमा सहयोग आदानप्रदानका लागि भ्रमण फलदायी हुने अपेक्षा गरेको मेयर बुढाथोकीको भनाई थियो ।
गोर्खा फाउन्डेसन नेपालले बेलायतस्थित फक्सटन टाउन र मेचीनगरलाई भगिनी सम्बन्ध बिस्तारका लागि २०७४ सालमा समन्वय गरेको थियो ।
नगरको संस्कृती, पर्यटकीय र अन्य क्षेत्रको समग्र बिकासका लागि भ्रमण फलदायी बन्ने उपमेयर मिना पोख्रेल उप्रेतीले जानकारी दिइन् । दुई नगरलाई भगिनी सम्बन्धमा बाध्न महत्त्वपूर्ण भुमिका खेल्दै आएको गोर्खा फाउन्डेसन नेपाललाई धन्यवाद दिँदै भ्रमणले नगरपालिकाले फाईदा लिनसक्ने जानकारी गराएकी थिइन् ।
मेचीनगरको योजनाको बिषयमा फक्सटन टाउनको सहयोगको ध्यानाकर्षणका लागी गोर्खा फाउन्डेसनले महत्त्वपुर्ण भुमिका खेल्ने फाउन्डेसनका अध्यक्ष गङ्गलाल गुरुङले पत्रकार भेटघाटमा जानकारी दिए । टोलीमा मेयरसँग मेयरकी जिवन संगीनि, उपमेयर र गोर्खा फाउन्डेसन नेपालका अध्यक्षसहित ४ जना भ्रमण तथा कार्यक्रमका लागि बेलायत प्रस्थान गर्ने तयारी गरेको हो ।
मेचीनगर । मेचीनगर नगरपालिकाले ३८ जना ज्यालादारीमा कार्यरत...
मेचीनगर । मेचीनगर क्षेत्रका निजी विद्यालयहरूले आफूहरूले कानुन...
काँकडभिट्टा । गृहमन्त्री सुदन गुरुङले झापाको काँकडभिट्टा सीमा...
बिर्तामोड । एसियाली राजमार्ग स्तरोन्नति आयोजनाअन्तर्गत झापाको मेचीनगरस्थित...
मेचीनगर । मेचीनगर–९ स्थित मागुरमाडी सामुदायिक वन उपभोक्ता...
मेचीनगर । झापाको मेचीनगर नगरपालिका–१४ दुवागढीमा शुक्रबार बिहान...
झापा । झापाको मेचीनगर–१० धुलाबारीस्थित एक स्थानीय होटलमा...
धुलाबारी । नेपाल विद्युत प्राधिकरण धुलाबारी वितरण केन्द्रले...