गृहलक्ष्मी साकोस : इकाईगत वार्षिक साधारणसभा सुरु
धुलाबारी । गृहलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लि. मेचीनगर–९, धुलावारीको को १५ औं इकाईगत वार्षिक साधारणसभा सुरु भएको छ ।
आज (शनिवार) बाट गृहलक्ष्मी साकोसको इकाईगत साधारणसभा सूरु भएको हो । इकाईगत साधारणसभा असोज ६ गते सम्पन्न हुनेछ ।
आज बाट गृहलक्ष्मी साकोसको इकाईगत साधारणसभाको पहिलो चरण अन्तरगत विर्तामोड सेवा केन्द्र र मेचीनगर–१ गाडागल्ली सेवा केन्द्रहरुको सभा सम्पन्न भएको हो ।
विर्तामोड सेवा केन्द्रको सभा विर्तमोड वडा नं ५ जनप्रतिनिधि ओमभक्त सेडाइको प्रमुख आतिथ्तामा सम्पन्न भएको हो । सभामा जनप्रतिनिधि दुर्गाप्रसाद शिवाकोटीको, समाजसेवी गोविन धिमालको उपस्थिती रहेको थियो ।
संस्थाको कार्यवाहक अध्यक्ष रेणुका डाँगीको अध्यक्षतामा सम्पन्न सभाको संचालन बिर्तामोड सेवा केन्द्रका संयोजक सुवास डाँगी (घनश्याम) तथा स्वागत मन्तव्य विर्तामोड सेवाकेन्द्र समिति सदस्य केशव घिमिरेले गरेका थिए ।
आजै सम्पन्न गाडागल्ली सेवा केन्द्रको सभा मेचीनगर वडा नं १ वडाध्यक्ष रामकुमार राईको प्रमुख आतिथ्तामा सम्पन्न भएको छ । सभामा जनप्रतिनिधि सीता विश्वकर्मा, युवा व्यवसायी डेनु मगरलगायतको उपस्थिती रहेको थियो ।
संस्थाको कार्यवाहक अध्यक्ष रेणुका डाँगीको अध्यक्षतामा सम्पन्न सभाको संचालन व्यवस्थापक सरोज मेहराले गरेका थिए । गाडागल्ली सेवा केन्द्रको संयोजक तिलजा देवानले प्रतिवेदन वाचन तथा स्वागत मन्तव्य गाडागल्ली सेवाकेन्द्र समिति सदस्य गंगा आचार्यले गरेकी थिइन् ।





मेचीनगर। मेचीनगर–३ वडा कार्यालय अन्तर्गतको खेलकुद समितिको आयोजनामा...
मेचीनगर । लाइन काटेको झ्वाकमा विद्युत्तका कर्मचारीमाथि कुटपीट...
ईटाभट्टा । मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले लागूऔषधका...
मेचीनगर । मेची उद्योग वाणिज्य संघको आगामी नेतृत्वका...
चारआली । झापाको धाइजन–चारआली फुटबल क्लबको आयोजनामा धाइजन–चारआली...
धुलाबारी । मेची उद्योग वाणिज्य संघको नेतृत्व सम्हाल्न...
झापा । मेचीनगर–८ स्थित विष्णुलक्ष्मी मन्दिरको खेलमैदानमा जारी...
