बाहुनडाँगी कृषि तथा पशुपालन प्रालीद्वारा सार्वजनिक सुनुवाइ सम्पन्न
![](https://khabarmanchonline.com/wp-content/uploads/2023/06/IMG_20230614_193812.jpg)
मेचीनगर। झापाको मेचीनगर नगरपालिका वडा नम्बर ४ मा सञ्चालित बाहुणडाँगी कृषि तथा पशुपालन प्रालिले मंगलबार सार्वजनिक सुनुवाइ सम्पन्न गरेको छ।
मेचीनगर नगरपालिका वडा नम्बर – ४ मा सञ्चालित उक्त फर्मले सार्वजनिक सुनुवाइ मार्फत फर्मको लगानी, बैंक तथा वित्तीय संस्थाको ऋण र अनुदान रकमबाट निर्मित विभिन्न संरचना सहित सामग्रीहरुको विवरण सार्वजनिक गरेको छ।
प्रालिका अध्यक्ष केशब सुवेदीका अनुसार संस्था सँग आफ्नो लगानी ऋण र अनुदान रकम गरि कुल रकम रु १४६९४२२० रुपैयाँमा निर्माण कार्य सम्पन्न भएको हो । जसमध्ये अनुदान मार्फत रु ७३४७११०/ रुपैयाँ , विर्तामोड स्थित सिविल बैंकबाट र ६००००००/- र संस्थाको रु १३४७११०/- गरी जम्मा रु १४६९४२२०/- रुपैयाँ रहेको थियो ।
जसमा पहिलो चरण अन्तर्गत गोठ निर्माण, स्टोर निर्माण, साईलेस पिठ निर्माण र होल्डिङ एरिया निर्माण गरिएको थियो।
त्यस्तै प्रालिले दोस्रो चरण अन्तर्गत ५० वटा होलस्टेन गाई खरिद, २० युनिटको मिल्किङ पार्लर र २००० लिटरको चिलिङ भ्याट खरिद गरेको छ। उक्त व्यवसायबाट ३० घरपरिवार लाभान्वित हुनेछन् । उक्त सार्वजनिक सुनुवाइ कार्यक्रममा वडा नम्बर ४ का अध्यक्ष अर्जुनकुमार कार्की , संस्थाका अध्यक्ष केशब सुवेदी , संस्थाका पदाधिकारी , स्थानीय कृषकहरु लगायतको उपस्थिति रहेको थियोे । पछिल्लो समय बाहुणडाँगिले कृषि क्षेत्रमा निरन्तर उत्कृष्ट कामहरु गर्दै आएको र धेरैलाई रोजगार समेत दिइरहेको छ ।
![](https://khabarmanchonline.com/wp-content/uploads/2024/07/Messenger_creation_ec1b0a71-a592-4773-8cde-589e4cba5994-100x100.jpeg)
मेचीनगर । मेचीनगर नगरपालिकाका नगरप्रमख गोपालचन्द्र बुढाथोकीले राष्ट्रिय...
![](https://khabarmanchonline.com/wp-content/uploads/2024/07/jhulan-100x100.jpg)
विर्तामोड। डी कौडिन्य स्मृति पत्रकारिता पुरस्कारबाट पत्रकार झुलन...
![](https://khabarmanchonline.com/wp-content/uploads/2024/07/UML-MECHINAGAR-100x100.jpg)
साउन । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल...
![](https://khabarmanchonline.com/wp-content/uploads/2024/07/praladholi-ffffff-100x100.jpg)
मेचीनगर । पूर्वी सीमा नाकासँग जोडिएको मेचीनगर नगरपालिका...
![](https://khabarmanchonline.com/wp-content/uploads/2024/07/tokiy-100x100.jpeg)
जापान। जापानको राजधानी टोकियोमा जुलाई २८ तारिख ‘कमेडी...