दलित उत्थान समन्वय समितिको तेश्रो साधारण सभा, अध्यक्षमा टोलबहादुर
मेचीनगर । दलित उत्थान समन्वय समिति मेचीनगरको अध्यक्षमा टोलबहादुर सुनार (नारायण) सर्वसम्मत चयन भएका छन् ।
शनिबार धुलाबारीस्थित मेची उद्योग बाणिज्य संघको सभाहलमा सम्पन्न समितिको तेस्रो वार्षिक साधारण सभाले सुनारलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।
१५ सदस्यीय कार्यसमितिको उपाध्यक्षमा चन्द्र दास, सचिवमा लक्ष्मी परियार, सहसचिवद्वयमा जगतबहादुर रम्तेल, प्रियम दर्जी र कोषाध्यक्षमा दिलबहादुर खाती चयन भएका छन् ।
त्यसैगरी सदस्यहरुमा मनोजकुमार विश्वकर्मा, सुरेन खाती, कमलादेवी विश्वकर्मा, विष्णु गदाइली, विनोद सेन्चुरी, थेसिस रुचाल, सुरक्षा बिसुन्खे, कञ्चन सुन्दास र पलम दर्नाल विक चयन भएको निर्वाचन समिति संयोजक टिकाराम मंग्रातीले जानकारी दिए । समितिको कार्यकाल ३ वर्षको रहने छ ।
दलित उत्थान समन्वय समिति मेचीनगरका अध्यक्ष ध्रुब कनालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रतिनिधि सभाकी सांसद् हर्कमाया विश्वकर्माको प्रमुख आतिथ्यता रहेको थियो ।
प्रमुख अतिथि समेत रहेकीसांसद् हर्कमाया विश्वकर्माले दलितको अधिकार प्राप्तीका लागि अब पूर्वबाटै आन्दोलन सुरुवात गर्नु पर्ने बताएकी छन् ।
उनले दलितहरुको हितमा कानून बनिएपनि कार्यान्वयन नभएकोमा चिन्ता व्यक्त गरेकी छन् । ‘पालिकाहरुमा दलितहरुको ऐन कतिको कार्यान्वयन हुँदैछ’, सांसद् विश्वकर्माले भनिन्–‘त्यसको खोजी गर्नुपर्छ । स्थानीय सरकारका प्रमुख तथा उपप्रमुखहरुलाई यस विषयमा ध्यानाकर्षण गराउनु पर्छ ।’
कार्यक्रममा सांसद् विश्वकर्मा, दलित नेताहरु छविलाल विश्वकर्मा, दलबहादुर विश्वकर्मा, निरु परियार, नेपाली कांग्रेसका मेचीनगर सभापति सुदय पनेरु, नेकपा एमालेका जिल्ला सदस्य कृष्ण कनाल, नेकपा माओवादी केन्द्रका मेचीनगर सहइन्चार्ज एवम् जिल्ला कमिटी सदस्य प्रकाश खड्कालगायतले शुभकामना मन्तव्य राखेका थिए ।
संस्थाका सहसचिव रिता परियारले स्वागत गरेको कार्यक्रमको संचालन सचिव राजकुमार श्रीवालले गरेका थिए ।
मेचीनगर । मेचीनगर नगरपालिकाले ३८ जना ज्यालादारीमा कार्यरत...
मेचीनगर । मेचीनगर क्षेत्रका निजी विद्यालयहरूले आफूहरूले कानुन...
काँकडभिट्टा । गृहमन्त्री सुदन गुरुङले झापाको काँकडभिट्टा सीमा...
बिर्तामोड । एसियाली राजमार्ग स्तरोन्नति आयोजनाअन्तर्गत झापाको मेचीनगरस्थित...
मेचीनगर । मेचीनगर–९ स्थित मागुरमाडी सामुदायिक वन उपभोक्ता...
मेचीनगर । झापाको मेचीनगर नगरपालिका–१४ दुवागढीमा शुक्रबार बिहान...
झापा । झापाको मेचीनगर–१० धुलाबारीस्थित एक स्थानीय होटलमा...
धुलाबारी । नेपाल विद्युत प्राधिकरण धुलाबारी वितरण केन्द्रले...