१७ दिनपछि खुल्यो काँकरभिट्टा क्याम्पसको ताला
काँकरभिट्टा । ताला लागेको १७ दिनपछि आज काँकरभिट्टा क्याम्पसको ताला खुलेको छ । फागुन १९ गते स्ववियु निर्वाचन आचारसंहिता सम्बन्धी विवाद भएपछि अनेरास्ववियुले क्याम्पसमा ताला लगाएको थियो । उक्त ताला स्ववियु निर्वाचनको पूर्व सन्ध्यामा अनेरास्ववियुले खोलेको हो ।
आज क्याम्पस प्रशासन र अनेरास्ववियु बीच भएको छलफलपछि माग सम्बोधन भएको र ताला खुलेको क्याम्पस कमिटी अध्यक्ष सन्देश पौडेलले बताएका छन् । क्याम्पसले तीन महिनाका निम्ति निलम्बन गरेको अनेरास्ववियु जिल्ला कमिटी कार्यालय सचिव सन्तनेष धमला र क्याम्पस कमिटीको अध्यक्ष पौडेलको निलम्बन फिर्ता लिएपछि ताला खोलिएको हो ।
काँकरभिट्टा क्याम्पसमा त्रिभुवन विश्वविद्यालयको निर्वाचन तालिक अनुसार स्ववियु निर्वाचन नहुने भएको छ । काँकरभिट्टा क्याम्पसमा चैत १० गते स्ववियु निर्वाचन गर्ने सहमती भएको क्याम्पस प्रशासनले बताएको छ । प्रशासनले सकेसम्म सर्वसम्मतिको प्रयास गर्ने पनि जनाएको छ ।
मेचीनगर। मेचीनगर–३ वडा कार्यालय अन्तर्गतको खेलकुद समितिको आयोजनामा...
मेचीनगर । लाइन काटेको झ्वाकमा विद्युत्तका कर्मचारीमाथि कुटपीट...
ईटाभट्टा । मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले लागूऔषधका...
मेचीनगर । मेची उद्योग वाणिज्य संघको आगामी नेतृत्वका...
चारआली । झापाको धाइजन–चारआली फुटबल क्लबको आयोजनामा धाइजन–चारआली...
धुलाबारी । मेची उद्योग वाणिज्य संघको नेतृत्व सम्हाल्न...
झापा । मेचीनगर–८ स्थित विष्णुलक्ष्मी मन्दिरको खेलमैदानमा जारी...
