मेचीनगरमा मेलमिलाप सम्बन्धि आधारभूत तालिम सुरू


मेचीनगर । “दिगो शान्तिका लागि, उन्नत सम्बन्ध” भन्ने मुल नाराका साथ झापाको मेचीनगर नगरपालिकामा सोमबार आजदेखि ८ दिवसीय मेलमिलाप सम्बन्धि आधारभूत तालिम सञ्चालन भएको छ । आजबाट सञ्चालन भएको तालिम आगामी माघ १६ गतेसम्म सञ्चालन हुनेछ ।

न्यायिक समिति मेचीनगरको आयोजनामा सञ्चालन भएको मेलमिलाप सम्बन्धि आधारभूत तालिमको उद्घाटन शत्रमा बोल्दै मेचीनगर उपप्रमुख तथा न्यायिक समिति संयोजक मीना पोखरेल उप्रेतीले न्यायिक कार्य सम्पादनमा मेचीनगर अगाडि नै रहेको बताइन् । उनले तालिमले आगामी दिनमा नगरका प्रत्येक वडामा अझ न्याय सम्पादनमा टेवा पुग्ने बताइन् ।

त्यस्तै कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत होम भण्डारी, बिरष्ठ प्रशासकीय अधिकृत अनन्त प्रकाश वस्ती, मेचीनगर ४ का वडाध्यक्ष अर्जुनकुमार कार्की, कार्यपालिका सदस्य तथा भौतिक पुर्वाधार विकास समिति संयोजक चित्र कुमार धिमाललगायते बोल्दै वडाबाट छनोट भएर तालिममा सहभागी भएका प्रतिनिधिहरूले अब यस तालिमको मद्दतले आगामी दिनमा मेलमिलापको सम्बन्धमा आ-आफ्नो क्षेत्रमा कुशलता पुर्वक जिम्मेवारी निर्वाह गर्न सक्ने बनाए ।

प्राकृतिक श्रोत द्वन्द रूपान्तरण केन्द्र नेपालको सहजीकरण रहेको तालिममा नगरका पन्द्रवटै वडाबाट छनोट भएका ३५ जना प्रशिक्षार्थी सहभागी भएका मेचीनगर न्यायिक समिति अधिकृत इन्दिरा खरेलले बताइन् । तालिममा सहभागीलाई प्रशिक्षण संगिता थापाले गरिरहेकी छिन् ।

कार्यक्रममा कार्यपालिका सदस्य कविता खनाल, वडासदस्यहरू मनकुमारी गिरी, विशाल कार्की, श्याम सिवाकोटी लगायतको आतिथ्य रहेको कार्यक्रममा न्यायिक समिति सदस्य हरि नारायण न्यौपानेले स्वागत गरेका थिए । कार्यक्रम सञ्चालन न्यायिक समिति सदस्य कुन्दन निरौलाले गरेका छन् ।