विश्वप्रकाशले लिए ४,२९९ मतको अग्रता
झापा । झापाको निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका महामन्त्री समेत रहेका विश्वप्रकाश शर्माले पछिल्लो समय मतान्तर बढाउँदै लगेका छन् ।
आज बिहानसम्मको मतगणनामा शर्माले ११,३८५ मत पाएका छन् भने नेकपा एमालेका अग्नि खरेल ७,०८६ मतका साथ शर्मालाई पछ्याइरहेका छन्। शर्मा र खरेलबीचको मतान्तर चार हजार २९९ पुगेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीको घण्टी चुनाव चिह्नले १,९८१ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
त्यस्तो मंगोल नेशनल अर्गनाइजेसनका सन्तोष तामाङले २७४ मत पाएका छन् भने अन्य उम्मेदवारहरूले १०० मत पनि कटाउन सकेका छैनन् ।
झापाको क्षेत्र नम्बर १ मा मेचीनगर नगरपालिकाका १५ वटै वडा, भद्रपुर नगरपालिकाको ९ र १०, बुद्धशान्ति गाउँपालिकाको ४,५,६,७ वडा गरी कूल २१ वडा रहेका छन् । निर्वाचन आयोगका अनुसार त्यहाँ एक लाख २० हजार ३७५ मतदाता रहेका छन् ।
शर्मा उक्त निर्वाचन क्षेत्रबाट तेस्रोपटक सहभागी भएका हुन् । शर्माले दुईपटक पराजय भोगिसकेका छन् ।
काँकरभिट्टा । काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले...
मेचीनगर । काँकरभिट्टा बहुमुखी क्याम्पस सञ्चालक समितिको अध्यक्षमा...
मेचीनगर । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले ०८४...
काठमाडौं । नेपाल क्लाइम्बिङ स्पोर्टस् एशोसिएसन अन्तर्गत बागमती...
मेचीनगर । नेपाल मानव धर्म सेवा समितिले मेचीनगर-२...
झापा । झापाको भद्रपुरस्थित चन्द्रगढी विमानस्थलले आठ करोड...