झापा १ : दिउँसो १ बजेबाट मात्र गणना सुरु हुने

मेचीनगर । झापा निर्वाचन क्षेत्र नं। १ को मतगणना दिउँसो १ बजेबाट सुरु हुने भएको छ । अहिले सम्पन्न सर्वदलीय बैठकले सो निर्णय गरेको सहायक निर्वाचन अधिकृत रामचन्द्र बस्नेतले जानकारी दिए ।
प्रतिनिधि सभा प्रत्यक्षतर्फ दुई स्थानबाट र प्रदेश सभा १ प्रत्यक्षको एक स्थानबाट गणना सुरु गर्ने निर्णय भएको छ । लगत्तै थप एक स्थान थपगरी प्रदेश सभा २ को समेत गणना सुरु गरिने बस्नेतले जानकारी दिए ।
हिजाे सम्पन्न निर्वाचनमा झापा क्षेत्र नं.१ मा ८१ हजार ७ सय ६४ मत खसेको थियाे । निर्वाचन अधिकृतको कार्यालय मेचीनगर नगरपालिकाका अनुसार झापाका अनुसार क्षेत्र नं.१ मा ८१ हजार ७६४ मत खसेको हाे ।
मतदान गर्नेमा ३९ हजार ४२८ पुरुष र ४२ हजार ३३६ जना महिला मतदाता रहेको कार्यालयले जनाएको छ । निर्वाचन अधिकृत टंकबहादुर महतले झापा क्षेत्र न. १ मा १ लाख २० हजार ८८४ मतदाताले मतदान गरेको बताए ।

झापा । एसियाली राजमार्गअन्तर्गत काँकडभिट्टाबाट पाडाजुँगीसम्म निर्माणाधीन पूर्वपश्चिम...

मेचीनगर । मेची उद्योग बाणिज्य संघले स्थापना गरेको...

झापा । बेजोड हावाहुरीका कारण चन्द्रगढी विमानस्थलमा यति...

बिर्तामोड । झापाका धार्मिक, ऐतिहासिक तथा अन्य पर्यटकीय...

मेचीनगर । इण्डो–नेपाल टि–२० क्रिकेट प्रतियोगिताको उपाधि पेनोरिस...

काँकरभट्टिा । लिगलिडर चर्च व्वाइज युनाइटेड पाँचौ मेचीनगर...