धाइजनका मतदाताले खरेलसँग भने : शैक्षिक विकासमा पछि पर्यौ

धाइजन । मेचीनगर-१२ धाइजनका स्थानियले वडामा गुणस्तरिय शिक्षाको माग गरेका छन् । बुधबार घरदैलो अभियानका क्रममा नेकपा एमालेका तर्फबाट प्रतिनिधि सभाका उम्मेद्वार अग्नि खरेल समक्ष वडामा रहेका विद्यालयको शैक्षिक गुणस्तर वृद्धिका लागि पहल गरिदिनुहुन आग्रह गरेका हुन् ।
सरस्वती माध्यमिक विद्यालयमा शिक्षकको आवश्यकता अनुरुपको दरबन्दी नहुँदा सोचे अनुरुपको शैक्षिक गतिविधि संञ्चालन गर्न नसकिएको भन्दै स्थानियले नेकपा एमालेका तर्फबाट उम्मेद्वार रहेका पूर्वकानुन मन्त्री खरेललाई माग गरेका छन् । त्यसैगरि अमर आधारभूत विद्यालय र कालिका आधारभूत विद्यालयको पूर्वधार निर्माण र शैक्षिक स्तर उन्नतीको समेत माग राखेका थिए । मेचीनगर वडा नम्बर १२ शैक्षिक विकासमा पछि उम्मेद्वारसगँ समस्याहरु राखिएको स्थानिय केशव भुजेलले बताए ।
स्थानियको माग सुनिसकेपछि खरेलले भने, जनताको समस्या समाधान गर्ने पार्टी नेकपा एमाले भएकाले यहाँको हरेक समस्या समाधान गर्न म प्रतिवद्ध छु । ‘यहाँ देखापरेका सुकुम्वासी समस्या, मूढा व्यावसायीको बजारीकरण तथा आधुनिकरण, हडिया खोलामा तटबन्धन, सडक स्तर उन्नती, खानेपानी समस्या, सडक बत्ती विस्तारका लागि मेरो पहल कदमी रहनेछ ।’
झापा क्षेत्र नं १ प्रदेश ख बाट उम्मेद्वार रहेकी सविना बजगाईले यस क्षेत्रको विकासलाई आफुले प्राथमिक्तामा राखेर योजना बनाउने बताइन । घरदैलो कार्यक्रम अन्र्तगत उम्मेद्वार खरेल र बजगाइले मेचीनगर १२ साविक धाइजन ४, फाइटर चोक, सहरेडाँगी चोक, नयाँ बस्ती, कालीझोडा, नागवेली टोल, लगायतका मतदाताहरुको गुनासो सुनेका थिए ।

मेचीनगर । धुलाबारी जेसिजका पूर्व अध्यक्षहरूले स्थापना गरेका...

मेचीनगर । इस्ट होराइजन अंग्रेजी मावि मेचीनगर–१० धुलाबारीले...

मेचीनगर । झापाको मेचीनगर–७ इटाभट्टामा पहिलो पटक साप्ताहिकरुपमा...

चारआली । करिव तीन दशकदेखि ञशव दाहसंस्कारझअन्त्येष्टि कर्म...

मेचीनगर । मेचीनगर-७ स्थित ईटाभट्टामा भोलि ९बुधबार० देखि...

मेचीनगरको कालिका सामुदायिक वन उपभोक्ता समूहको निर्वाचन आगामी...

मेचीनगर । शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिले...