आफन्तको स्मृतिमा एक करोडको लागतमा मन्दिर निर्माण
झापा । झापाको अर्जुनधारा नगरपालिका–९ मा रहेको श्री पवित्र हरि मन्दिर तथा श्री हरिभक्त सेवा संघ शाखालाई बिर्तामोडका भट्टराई परिवारले आफन्तको स्मृतिमा मन्दिर निर्माण गरी हस्तान्तरण गरेका छन् ।
स्व.देवीप्रसाद भट्टराईको स्मृतिमा उनको परिवारले हरिभक्त सेवा संघलाई रू एक करोडको लागतमा मन्दिर निर्माण गरी आज बिहिबार एक कार्यक्रमका बीच हस्तान्तरण गरेको हो ।
अर्जुनधारा नगरपालिकाका नगरप्रमुख बलदेव सिंह गोम्दन, वडा नं. ९ का वडाध्यक्ष भीष्म मिश्र, दिवंगत भट्टराईकी पत्नी श्रीमाया भट्टराई तथा छोरा निर्मल भट्टराई , बुहारी सुमित्रा भट्टराई लगायतले मन्दिर परिसरमा निमार्ण गरिएको शिलालेखको अनावरण पश्चचात समितिलाई हस्तानतरण गरेका थिए ।
नवनिर्मित भवनका लागि स्वर्गीय देवीप्रसादले २ कठ्ठा १ धुर जग्गादान दिएका थिए । सो जग्गामा मन्दिर निर्माण गर्ने सोचका साथ भवन बनाए पनि उनको २०७७ कात्तिक १७ गते कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको थियो ।
पिता देवीप्रसादले आफ्नो माता–पिता कर्णबहादुर र खिनमायाको स्मृतिमा मन्दिर निर्माण गर्ने सोच बनाउनु भएको छोरा निर्मल भट्टराईले बताए ।
“बुबाले मन्दिर बनाउने उद्देश्यले जग्गासमेत व्यवस्थापन गर्नुभएको थियो”, उनले भने, “उहाँको सोचलाई हामीले मूर्तरुप दिएका हौं ।”
मन्दिर निर्माणसँगै पिताको स्मृतिमा रू ५० लाखको अक्षयकोष स्थापना गर्न लागिएको समेत उनले बताए । कोषबाट प्राप्त रकम विपन्न समुदायको स्वास्थ्य, शिक्षा लगायतका क्षेत्रमा खर्च गरिने र क्रमशः कोषलाई रू एक करोडको बनाइने उनको भनाई छ ।
साथै भट्टराई परिवारले सो भवन निमार्णकालागि दिएको जग्गाको धनिपुर्जा समेत वितरण गरेको छ । युवा व्यवसायी तथा समाजसेवी निर्मल भट्टराई उनकी श्रीमती सुमित्रा र आमा श्रीमाया भट्टराईले उक्त जग्गाको धनिपूर्जा वडा ९ का वडाध्यक्ष भीष्म मिश्र , नगर प्रमुख बलदेव सिंह गोम्देन तथा मन्दिरको अध्यक्ष शान्ता विष्टलाई हस्तानतरण गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख गोम्देनले सक्षम समाज निर्माणमा धर्मको योगदान उच्च हुने बताए । “धर्मले मानिसलाई अनुशासित र समक्ष बनाउन मद्दत गर्ने समेत उनले उल्लेख गरे । उनले “समाजलाई समृद्धि बनाउन धर्मको महत्वपूर्ण योगदान रहेका भन्दै भट्टराई परिवारले मन्दिर निर्माण गरेकोमा सह्राना गर्दै मन्दिरको थप विकास लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
साथै कार्यक्रममा ६५ जना जेष्ठ नागरिकलाई सम्मान समेत गरिएको थियो ।
कार्यक्रममा विशेष अतिथि वडाध्यक्ष भीष्म मिश्र, सामाजिक धार्मिक व्यक्तित्व सत्यनाथ भट्टराई, मन्दिर व्यवस्थापन समिति अध्यक्ष लक्ष्मी बस्नेत लगायतले शुभकमना मन्तव्य राखेका थिए ।
झापा । झापाको मेचीनगर नगरपालिकाले सरकारी जग्गा अतिक्रमण...
मेचीनगर । निजी तथा आवासीय विद्यालय संगठन (प्याब्सन)...
अर्जुनधारा । चौंथो खुदुनाबारी गोल्डकपको उपाधि मेचीनगर नगरपालिकाले...
मेचीनगर । निजी तथा आवासीय विद्यालय संगठन ९...
बिर्तामोड । झापा–११ फुटबल क्लबले स्थापनापछि दोस्रो पटक...
अर्जुनधारा । मेचीनगरले भद्रपुर नगरपालिकालाई हराउँदै चौंथो खुदुनाबारी...
मेचीनगर । धुलावारी–ज्यामिरगढी–भद्रपुर सडक खण्डमा रहेको हडिया खोलाको...