‘आँखाले देख्ने विकास गरेर देखाउँछौँ’
‘आँखाले देख्ने विकास गरेर देखाउँछौँ’
मेचीनगर । नेपाली काँग्रेसका महामन्त्री तथा झापा क्षेत्र नं १ का उम्मेद्वार विश्वप्रकाश शर्माले बाम लोकतान्त्रिक गठबन्धनका उम्मेद्वारहरुलाई जिताएर विकासको अनुभूति दिलाउने बताएका छन् ।
मेचीनगर–७ को इटाभट्टामा शनिबार संयुक्त चुनाव प्रचार प्रसार सम्पर्क कार्यालयको उद्घाटन गर्दै शर्माले भने, ‘कानले सुन्दा आनन्द हुने विकास होइन, हामी आँखाले देख्ने गरीको विकास गरेर देखाउने छौँ ।’
नेता शर्माले मुलुक संघीयताका कारण सबै जातजाति, धर्म तथा भूगोलले समान अधिकार प्राप्त गरेको बताए । ‘संघीयता महंगो भएका विषयहरु बेलाबेला उठ्ने गरेका छन्,’ शर्माले भने, ‘संघीयताकै कारण आज सबैले अधिकार र पहिचान पाएका छन्, यो नै ठूलो उपलब्धी हो ।’
कार्यक्रममा प्रदेश ‘क’ का उम्मेद्वार गोपाल तामाङले राजनीतिलाई सेवा ठानेर चुनावी मैदानमा होमिएको बताए । उनले राजनीतिलाई पेशा बनाउने प्रवृत्ति अन्त्य हुनुपर्नेमा जोड दिए ।
कार्यक्रममा प्रतिनिधि सभाका समानुपातिक उम्मेद्वार टेकबहादुर लिम्बू, तारा रुचाल, प्रदेश सभा सदस्यका सामानुपातिक उम्मेद्वार बालाजीत राई, माओवादी केन्द्रका मेचीनगर अध्यक्ष राजन चिमरिया, एकीकृत समाजवादी पार्टीका प्रदेश कमिटी सदस्य तारा ओलीलगायतले धारणा राखेका थिए । मेचीनगर वडा ७ का काँग्रेस वडा सभापति कञ्चन बरालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन माओवादी केन्द्रका विनोद गिरीले गरेका थिए ।
यसैबीच, चुनावी प्रचारका क्रममा मेचीनगर–८ स्थित सिर्जना चोक र मेचीनगर–१० स्थित धुलाबारी मोडमा पनि सम्पर्क कार्यालय शनिबार नै उद्घाटन गरिएको छ ।
उम्मेद्वार शर्मा र तामाङले गरे रक्तदान
बाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट झापा क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्यका उम्मेद्वार विश्वप्रकाश शर्मा र प्रदेश ‘क’ का उम्मेद्वार गोपाल तामाङले शनिबार रक्तदान गरेका छन् ।
नवकिरण युवा क्लब मेचीनगर–१० को आयोजनामा भएको रक्तदान कार्यक्रममा उम्मेद्वारसहित अन्य सहभागीले रक्तदान गरेका हुन् । नेपाल रेडक्रस सोसाइटी झापाको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा करिब ३० जनाले रक्तदान गरेको नवकिरण युवा क्लबका रिसभ आचार्यले बताए ।
काकडभिट्टा । सीमा सहजीकरण तथा सीमावर्ती क्षेत्रमा हुन...
मेचीनगर । झापाको मेचीनगरमा सञ्चालित पाँचतारे होटल मेची...
झापा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल...
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
मेचीनगर । मेचीनगर नगरपालिकाले ३८ जना ज्यालादारीमा कार्यरत...
मेचीनगर । मेचीनगर क्षेत्रका निजी विद्यालयहरूले आफूहरूले कानुन...
