जसपा झापा–१ : प्रतिनिधि र प्रदेश सभामा २२ जनाको नाम सिफारिस
मेचीनगर । जनता समाजवादी पार्टी नेपाल क्षेत्र नं.१ झापाले आगामी ४ मंसिरमा हुने निर्वाचनका लागि प्रतिनिधि र प्रदेश सभाका आकांक्षी उम्मेद्वारहरुको नाम सिफारिस गरेको छ ।
विहीबार काँकरभिट्टा स्थित बंकर होटलमा क्षेत्रीय समितिले आकांक्षी उम्मेद्वारहरुको नाम सार्वजनिक गरेको हो ।
जम्मा २२ जना उम्मेद्वार मध्ये प्रतिनिधि सभाका लागि १ जना, समानुपातिकमा ५ जना, प्रदेश सभा ‘क’ को प्रत्यक्षमा १ जना, प्रदेश सभा ‘ख’ को प्रत्यक्षमा २ जना, ‘क’ को समानुपातिकमा १० जना र ‘ख’ को समानुपातिकमा ३ जना उम्मेद्वार नाम जिल्लाका लागि सिफारिस गरिएको जनाएको छ ।
क्षेत्रीय कार्य समितिले झापा क्षेत्र नं. १ बाट प्रतिनिधि सभाका लागि विमलदेव काफ्ले, समानुपातिकमा राधा थापा, अग्नीमाया मेचे, सुन्दरी श्रेष्ठ, गोकुल हुमागाई, शंकर मेचेको नाम उम्मेद्वारका लागि सिफारिस गरिएको छ ।
त्यस्तै प्रदेश सभा ‘क’ को प्रत्यक्षमा ओमप्रकाश खापुङ, समानुपातिकमा सुकमाया लिम्बु, शर्मिला आङ्देम्वे, मीरा कार्की, चन्द्रकुमारी कार्की, धनप्रसाद गुरुङ, उमेश थापा, विष्णुलाल मेचे, बुद्विमान शंखर, बासुदेव सिञ्जाली मगर र हरिनारायण चौधरीको नाम सिफारिस गरिएको छ ।
यसैगरी प्रदेश सभा ‘ख’ को प्रत्यक्षमा केवलराम राई र रामसुफल कामति, समानुपातिकमा सुष्मा थाम्सुहाङ, पुष्पा बोखिम र तारा तामाङ लिम्बुको नाम उम्मेद्वारका लागि सिफारिस गरिएको क्षेत्रीय समितिका सचिव विमलदेव काफ्लेले जानकारी गराएका थिए ।
उम्मेद्वार सार्वजनिक कार्यक्रममा जसपाकी केन्द्रीय सदस्य एवम् सांसद राधा थापा, धनप्रसाद गुरुङ, प्रदेश समिति सदस्य केवलराम राई, तारा तामाङ लिम्बु लगायतले आगामी निर्वाचनमा प्रदेश नं.१ लाई किरात–लिम्बु प्रदेश नामकरण, पहिचानसहितको संघियता र जातियातावादी आन्दोलन मुख्य एजेण्डा रहेको बताएका छन् ।
क्षेत्रीय सचिव विमलदेव काफ्लेको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन नगर अध्यक्ष ओमप्रकाश खापुङले गरेका थिए ।
काकडभिट्टा । सीमा सहजीकरण तथा सीमावर्ती क्षेत्रमा हुन...
मेचीनगर । झापाको मेचीनगरमा सञ्चालित पाँचतारे होटल मेची...
झापा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल...
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
मेचीनगर । मेचीनगर नगरपालिकाले ३८ जना ज्यालादारीमा कार्यरत...
मेचीनगर । मेचीनगर क्षेत्रका निजी विद्यालयहरूले आफूहरूले कानुन...
