थेसिस स्कुल : शैक्षिक गुणस्तरका निम्ति अभिमुखी तालिम
बाहुनडाँगी । शैक्षिक गुणस्तरका निम्ति शिक्षक र विद्यार्थी दुबैलाई उत्प्रेरणको आवश्यकता महसुस गरि थेसिस इङ्लिस सेकण्डरी स्कुलले दुई दिवसीय शिक्षक तथा विद्यार्थी अभिमुखी कार्यक्रम सञ्चालन गरेको छ ।

आज सम्पन्न भएको पहिलो दिनको उद्घाटन कार्यक्रमको अध्यक्षता थेसिस इङ्लिस सेकण्डरी स्कुलको प्रधानाध्यापक तथा मेचीनगर प्याबसन अध्यक्ष डम्बर रुचालले गरेका थिए भने प्रमुख अतिथीको रुपमा मेचीनगर वडा नं. २ का वडा अध्यक्ष दीपक बरालको उपस्थिती थियो । त्यसै गरि अथितिहरुमा उत्प्रेरक कार्यक्रमको प्रशिक्षक डिआर पराजुली म्याग्नेट, ओसियानिक इङ्लिस सेकण्डरी स्कुलका प्रधानाध्यापक पदम रुचाल र दोकानडाँडा इङ्लिस सेकण्डरी स्कुलका प्रधानाध्यापक नेत्र खतिवडाको उपस्थिती थियो ।

थेसिस इङ्लिश सेकण्डरी स्कुलकको आयोजनामा भइरहेको उक्त कार्यक्रममा बौद्धमोडको ओसियानिक इङ्लिस सेकण्डरी स्कुल र दोकानडाँडाको दोकानडाँडा इङ्लिस सेकण्डरी स्कुलको पनि सहभागिता रहने थेसिसका प्रधानाध्यापक डम्बर रुचालले बताए ।

शुक्रबारबाट मेचीनगर वडा नं. २ को भृकुटी चौक पूर्व अवस्थित साहारा साकोस जेष्ठ चौतारी भवनमा आयोजित अभिमुखी कार्यक्रममा स्वागत मन्तब्य ओसायनिकका प्रधानाध्यापक पदम रुचालले राखेमा थिए भने कार्यक्रमको औचित्य माथि डम्बर रुचालले प्रकाश पारेका थिए । उक्त कार्यक्रमको संचालन थेसिस स्कुलका शिक्षक अनिल लोहारले गरेका थिए ।
झापा । कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालिद्वारा सञ्चालित...
मेचीनगर । लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि...
अस्टिन, टेक्सास । नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित...
मेचीनगर । बाहुनडाँगी जेसीजले करिब १३ लाख रुपैयाँ...
मेचीनगर । नेपाल र भारतका विद्यार्थीबीच सिर्जनशीलता, प्रविधि...
मेचीनगर । विद्यार्थीमा सिर्जनशीलता, नवीन सोच तथा वैज्ञानिक...
मेचीनगर । गृहलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले...
