धुलाबारीकी रुवी एकाएक वेपत्ता
मेचीनगर । मेचीनगर–१० धुलाबारी प्रणामी टोल माइती घरमा बस्दै आएकी रुवी पासवान सोमबार दिउँसोदेखि वेपत्ता भएकी छिन् ।
विल्टु पासवानकी छोरी रुवी घरमा कोही नभएको अवस्थामा एकाएक हराएकी हुन् । रुविले सात वर्ष अघि भारतका एक युवासँग बिहे गरेकी थिइन् । बिहे गरेको केही वर्षपछि परिवारसँग खटपट भएपछि धुलाबारी माइती घरमा बस्दै आएकी थिइन् ।
रुवीको ६ वर्षका छोरा पनि छन् । छोरा पनि साथमा लिएर माइती घरमा रहेकी रुवी कता गइन् अत्तोपत्तो छैन । छोरी कता गइन् केही थाहा नभएको बुवा विल्टु पासवानले बताए ।
बुवा विल्टुले छोरी एकाएक हराएपछि खोजिदिन प्रहरीसँग गुहार मागेका छन् । रुवीको परिवारले इलाका प्रहरी कार्यालय धुलाबारीमा खोजीका लागि निवेदन दिएको समाजसेवी प्रकाश खड्काले बताए । २७ वर्षीया रुवी हराएपछि खोजीका लागि सबैसँग सहयोगको अपिल गरिएको समाजसेवी खड्काले बताए ।
……………………………….
मेचीनगर । तेस्रो मेचीनगर अन्तर विद्यालय स्तरीय फुटबल...
आदर्श माविले जित्यो भलिबल प्रतियोगिता काँकरभिट्टा । काँकरभिट्टामा सम्पन्न...
मेचीनगर । झापामा दुई ठुला राष्ट्रिय गौरवका आयोजनाहरु...
मेचीनगर । मेचीनगर नगरपालिकाका नगर प्रहरी सहायक निरीक्षक...
मेचीनगर । झापा मेचीनगर-१० को महालक्ष्मी कृषि सहकारी...
धुलाबारी (झापा) । गृहलक्ष्मी बचत तथा ऋण सहकारी...
काँकरभिट्टा । मितेरीले विरामीलाई काठमाडौंसम्म सुतेर जान मिल्ने...
