दमकमा पनि ‘लगानी सचेतना कार्यक्रम’

दमक । शेयर बजारका विविध विषयहरुमाथि आइतबार दमकमा सरोकारवालाहरुसँग छलफल गरिएको छ । शेयर बजारका विषयमा स्पष्ट जानकारी दिने उदेश्यले कार्यक्रम आयोजना गरिएको हो ।
सेक्युर्ड सेक्युरिटीज लिमिटेडको आयोजनामा दमकको गोर्खा डिपार्टमेन्ट स्टोरको माथिल्लो तलामा लगानी सचेतना कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा दमक बहुमुखी क्याम्पस, आस्था कलेज, युनिक कलेजलगायत अन्य क्याम्पसका विद्यार्थी तथा प्राध्यापकहरुको उपस्थिति रहेको सेक्युर्ड सेक्युरिटीज लि। का बिर्तामोड शाखाका प्रमुख कृष्ण हुमागाईंले बताए ।
सहभागीहरुलाई शेयर बजारमा भइरहेको आकर्षण र जोखिमका विषयमा सन्जीव घिमिरे र विक्रम चित्रकारले सहजीकरण गरेका थिए । सेक्युर्ड सेक्युरिटीज लि। केन्द्रीय कार्यालय काठमाडौँका डाइरेक्टर नवराज अर्यालको अध्यक्षता तथा दमक नगरपालिका उपप्रमुख रेगिना भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठ, आस्था कलेजका टेकनाथ भण्डारीलगायतले मन्तव्य राखेका थिए । धर्मराज खड्काले स्वागत गरेको कार्यक्रमको सञ्चालन आकृति बस्नेतले गरेकी थिइन् ।

मेचीनगर । नेपालको पूर्वी भेगमा अवस्थित मेचीनगर नगरपालिका...

मेचीनगर । मेचीनगर नगरपालिकाले आफ्ना नागरिकको स्वास्थ्य उपचारलाई...

अहिले कोशी प्रदेश पर्यटन वर्ष २०८२ चलिरहेको छ...

कमल । झापाको कमल गाउँपालिकाले आज सार्वजनिक सुनवाई...

बिर्तामोड । २०७४ सालमा निदि सेकेन्डरी स्कुलले जब...

धुलाबारी । मेचीनगर–९ स्थित पारिजात पब्लिक स्कूलले २०८१...

धुलाबारी । मेचीनगर – १० धुलाबारी स्थित इष्ट...

मेचीनगर । मेचीनगर–६, पुरानो भन्सार, काँकडभिट्टामा ईभी नेपाल...