दमकमा पनि ‘लगानी सचेतना कार्यक्रम’
दमक । शेयर बजारका विविध विषयहरुमाथि आइतबार दमकमा सरोकारवालाहरुसँग छलफल गरिएको छ । शेयर बजारका विषयमा स्पष्ट जानकारी दिने उदेश्यले कार्यक्रम आयोजना गरिएको हो ।
सेक्युर्ड सेक्युरिटीज लिमिटेडको आयोजनामा दमकको गोर्खा डिपार्टमेन्ट स्टोरको माथिल्लो तलामा लगानी सचेतना कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा दमक बहुमुखी क्याम्पस, आस्था कलेज, युनिक कलेजलगायत अन्य क्याम्पसका विद्यार्थी तथा प्राध्यापकहरुको उपस्थिति रहेको सेक्युर्ड सेक्युरिटीज लि। का बिर्तामोड शाखाका प्रमुख कृष्ण हुमागाईंले बताए ।
सहभागीहरुलाई शेयर बजारमा भइरहेको आकर्षण र जोखिमका विषयमा सन्जीव घिमिरे र विक्रम चित्रकारले सहजीकरण गरेका थिए । सेक्युर्ड सेक्युरिटीज लि। केन्द्रीय कार्यालय काठमाडौँका डाइरेक्टर नवराज अर्यालको अध्यक्षता तथा दमक नगरपालिका उपप्रमुख रेगिना भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठ, आस्था कलेजका टेकनाथ भण्डारीलगायतले मन्तव्य राखेका थिए । धर्मराज खड्काले स्वागत गरेको कार्यक्रमको सञ्चालन आकृति बस्नेतले गरेकी थिइन् ।
झापा। रतुवामा जस्तै झापाको निन्दा , बिरिङ र...
मेचीनगर । मेचीनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास...
धुलाबारी । नेपाल विद्युत प्राधिकरण धुलाबारी वितरण केन्द्रका कर्मचारीमाथि...
मेचीनगर । मेचीनगर मेचीनगर–३ निवासी रिदम दनुवार लामो...
काकडभिट्टा । सीमा सहजीकरण तथा सीमावर्ती क्षेत्रमा हुन...
मेचीनगर । झापाको मेचीनगरमा सञ्चालित पाँचतारे होटल मेची...
झापा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल...
