एमाले मेचीनगर-८ : पातालगंगा क्षेत्रकाे सरसफाइ
मेचीनगर । विश्व वातावरण दिवसको अवसरमा नेकपा एमाले मेचीनगर-८ वडा कमिटीले पुर्वको धार्मिक तथा पर्यटकीय क्षेत्रमा सरसफाइ गरेको छ ।एमाले मेचीनगर-८ ले विश्व वातावरण दिवसको अवसरमा आज मेचीनगर -८ स्थित पातालगंगा धार्मिक तथा पर्यटकीय स्थल सरसफाइ गरेको हो । सरसफाइ कार्यक्रममा जिल्ला कमिटी सदस्य सुभाष मिजार, एमालेबाट प्रतिनिधित्व गर्दै निर्वाचित जनप्रतिनिधि वडा सदस्यद्वय कुन्दन निरौला र बिष्णु भट्टराई, महिला सदस्य मनकुमारी गिरी, दलित महिला सदस्य पवित्रा खनाल मिजार, मेचीनगर कार्यपालिका सदस्य चित्र धिमाल, एमाले मेचीनगर सदस्य गणेश खरेल, पूर्व वडाध्यक्ष विकेन्द्र धिमाल, युवा नेता दशरथ खडिया, रविन ओझा, एमाले मेचीनगर-८ कि उपाध्यककी, सचिव मिलन विश्वकर्मा, सहसचिव गणेश कार्की, रधुनाथ धिमाल, अनेमा संघ मेचीनगरकी नेत्रि गंगा खड्का, नवीन खतिवडालगायतको उपस्थिति रहेको थियो
काँकरभिट्टा । पर्यटन प्रवद्र्धन तथा दुई देशबीचको आपसी...
मेचीनगर । तेस्रो मेचीनगर अन्तर विद्यालय स्तरीय फुटबल...
आदर्श माविले जित्यो भलिबल प्रतियोगिता काँकरभिट्टा । काँकरभिट्टामा सम्पन्न...
मेचीनगर । झापामा दुई ठुला राष्ट्रिय गौरवका आयोजनाहरु...



