मेचीनगर प्रमुखमा गोपाल, उपप्रमुखमा उप्रेती निर्वाचित
काँकरभिट्टा । मेचीनगर नगरपालिकाको प्रमुख पदमा एमालेका गोपाल चन्द्र बुढाथोकी भारीमतका साथ निर्वाचित भएका छन् ।
मंगलबार विहान ६ वजे निर्वाचन अधिकृतको कार्यालय मेचीनगरले दिएको जानकारी अनुसार नगरको प्रमुख पदमा बुढाथोकी ५ हजार १६७ मतको अन्तरले विजयी भएका हुन् ।
उनका प्रतिस्पर्धि गठबन्धनबाट कांग्रेसको तर्फका इन्द्रबहादुर बुढाथोकीले २१ हजार ३११ मत मात्र प्राप्त गरेका छन् ।
नगरप्रमुखमा वजयी बुढोथोकीले २६ हजार ४७८ मत ल्याएको निर्वाचन कार्यालयले जनाएको छ । मेचीनगरमा कुल ६३ हजार ६८८ मत खसेको थियो ।
त्यस्तै राप्रपाका रमेश दाहालले ३ हजार ८९५, मंगोल नेशनल अग्रनाइजेशनको भाले चिन्हले १ हजार ८८७, साइकल चिन्हले १९१ मत ल्याएको निर्वाचन कार्यालयले जनाएको छ ।
यता नगरको उपप्रमुखमा मिना पोखरेल उप्रेती पनि भारिमतका साथ विजयी भइन् । उनले ८ हजार ७७२ मतको अन्तरले प्रतिसपर्धिलाई हराउदै विजयी भइन् । उनले २१ हजार ५९० मत ल्याएकी थिइन् ।
उनका प्रतिस्पधिहर्रु गठबन्धनको माओवादी केन्द्रका प्रकाश भण्डारीले १२ हजार ८१८, राप्रपाकी सविना बजगाईले ९ हजार ८८०, स्वतन्त्रबाट उम्मेद्वार बनेका डिल्लीराम घिमिरेले पानीको धारा चिन्हबाट १ हजार १९९, मंगोल नेशनल अग्रनाइजेशनको भाले चिन्हले २ हजार २४ मत ल्याएको निर्वाचन कार्यालयले जनाएको छ ।
झापा । कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालिद्वारा सञ्चालित...
मेचीनगर । लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि...
अस्टिन, टेक्सास । नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित...
मेचीनगर । बाहुनडाँगी जेसीजले करिब १३ लाख रुपैयाँ...
मेचीनगर । नेपाल र भारतका विद्यार्थीबीच सिर्जनशीलता, प्रविधि...
मेचीनगर । विद्यार्थीमा सिर्जनशीलता, नवीन सोच तथा वैज्ञानिक...
मेचीनगर । गृहलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले...
