चुनावी प्रतिस्पर्धा सकियो अव हामी एकै ठाउँमा छौं

झापा ।। मेचीनगर–६ नम्बर वडामा गठबन्धनको नेपाली कांग्रेसबाट वडाध्यक्षका उम्मेद्वार ललितबहादुर तामाङ निर्वाचित भए । प्रतिस्पर्धि एमालेका बालकृष्ण थापालाई १७४५ मतको अन्तरले हराएर तामाङ विजयी भएका थिए । थापाले २२२४ मत प्राप्त गरेका हुन । वडा नम्बर ६ को ७७४० मतगणना हुँदा कांग्रेसबाट वडाध्यक्षका उम्मेद्वार तामाङले ३९६९ मत ल्याएर निर्वाचित भएका थिए ।
निक्कै महत्वको साथ हेरिएको मेचीनगर ६ को चुनावी प्रतिस्पर्धा सकिएको छ । चुनावी मैदानमा भाग लिएका दुबै प्रतिस्पधी बिच एक आपसमा शुभकामना आदान प्रदान भएको छ । काँकरभिट्टा भएको एक भेटघाटका बिच प्रतिस्पधि जनताको मनमा भिज्न सफल बालकृष्ण थापाले निर्वाचित उम्मेद्वार ललितबहादुर तामाङ लाई दोसल्ला ओडाएर सम्मान गरेका थिए । दुबै बिचमा एक अर्कामा अंकमाल गर्दै चुनावी प्रतिस्प्रधा सकियो अब यसरी नै हो मिलेर जाने सन्देश दिएका थिए ।
नङ र मासुको सम्बन्ध झै आफुहरुको सम्बन्ध भएको भन्दै अर्को पटकको निर्वाचनमा थापालाई सय प्रतिशत सहयोग गरेर अघि बढ्ने तामाङ ले बताए ।
तामाङले २०७४ सालको स्थानीय तहको निर्वाचनमा पनि एमालेका राजु पोखरेललाई २ मतले हराएर वडाध्यक्षमा निर्वाचित भएका थिए ।

मेचीनगर । इस्ट होराइजन अंग्रेजी मावि मेचीनगर–१० धुलाबारीले...

मेचीनगर । झापाको मेचीनगर–७ इटाभट्टामा पहिलो पटक साप्ताहिकरुपमा...

चारआली । करिव तीन दशकदेखि ञशव दाहसंस्कारझअन्त्येष्टि कर्म...

मेचीनगर । मेचीनगर-७ स्थित ईटाभट्टामा भोलि ९बुधबार० देखि...

मेचीनगरको कालिका सामुदायिक वन उपभोक्ता समूहको निर्वाचन आगामी...

मेचीनगर । शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिले...

मेचीनगर । मेचीनगर–७ स्थित मदन वस्तीकी रीता राजबंशी...