एमाले मेचीनगर-४ ले गर्यो प्रतिवद्धता पत्र सार्वजनिक
बाहुनडाँगी । स्थानीय तहको निर्वाचन नजिकिएसँगै नेकपा एमाले मेचीनगर-४ ले प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ । नेकपा एमालेका प्रदेशकमिटी सदस्य नीलकण्ठ तिवारी, प्रदेश कमिटी सदस्य निर्मला गौतम, नेपाल दलित मुक्ति समाजका गोपाल बराइली, प्रदेश कमिटी सदस्य विष्णु सुवेदी लगायतका नेताकार्यकर्ताहरुले संयुक्त रुपमा बुधबार प्रतिवद्धता पत्र सार्वजनिक गरेका थिए ।
प्रतिवद्धता पत्रको बाचन निर्वाचन परिचालन कमिटीका सदस्य एवम कार्यक्रमका सभापति प्रविण भण्डारीले गरेका थिए ।
प्रविवद्धता सार्वजनिक कार्यक्रममा वडाध्यक्षका प्रत्यासी अर्जुन कार्कीले प्रतिवद्धता पत्रमा समेटिएका सम्पूर्ण काम पुरा गर्ने प्रविद्धता व्यक्त गरे ।
प्रतिवद्धता पत्रमा पूर्वाधार विकास, खानेपानी शिक्षा , स्वास्थ्या लगायत धेरै काम उल्लेख गरिएको छ ।
निर्वाचन परिचालन कमिटीका संयोजक प्रविण भण्डारीको सभापतित्व तथा नेकपा एमालेका प्रदेशकमिटी सदस्य नीलकण्ठ तिवारीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो । जिल्ला प्रतिनिधि विष्णु सुवेदीले स्वागत गरेको कार्यत्रलमको सञ्चालन रमेश दाहालले गरेका थिए ।
झापा । कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालिद्वारा सञ्चालित...
मेचीनगर । लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि...
अस्टिन, टेक्सास । नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित...
मेचीनगर । बाहुनडाँगी जेसीजले करिब १३ लाख रुपैयाँ...
मेचीनगर । नेपाल र भारतका विद्यार्थीबीच सिर्जनशीलता, प्रविधि...
मेचीनगर । विद्यार्थीमा सिर्जनशीलता, नवीन सोच तथा वैज्ञानिक...
मेचीनगर । गृहलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले...
