झापा । झापा गाउँपालिकाको प्रशासनिक भवन उद्घाटन गरिएको छ । एक करोड ५६ लाख ८४ हजार सात सय ७९ रुपैयाँको लागतमा निर्मित गाउँपालिकाको प्रशासनिक भवन उद्घाटन गरिएको हो । भवनको उद्घाटन झापा गाउँपालिका अध्यक्ष जयनारायण साहले गरेका छन् ।
साढे चार वर्षसम्म भाडाको घरबाट गाउँ पालिकाको सवै सेवा प्रवाह गरेको गाउँपालिकाले वडा नम्वर ३ मा छुट्टै भवन निर्माण निर्माण गरेसंगै अब आफ्नै भवनबाट सेवा प्रवाह गर्ने भएको छ ।
गाउँपालिकाको भवन निर्माणका लागि स्थानीय पाँच जना दाताले जमिन प्रदान गरेसंगै गाउँपालिकाले भवन निर्माण गरेको बताइएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज थापाले यस अघि झापा गाउँपालिकामा चार वटा वडा कार्यालयको समेत भवन निर्माण गर्दै उद्घाटन गरिएको बताएका थिए ।
गाउँपालिकाको आफ्नै छुट्टै भवन नहुँदा साघुरो ठाउँबाट सेवा प्रवाह गर्दै आएको तर, नयाँ प्रशासनिक भवन निर्माण गरिएसंगै सेवा प्रवाहमा समेत सहज हुने बताएका छन् ।

भवन निर्माणका लागि स्थानीयदाता देवेन्द्र राजवंशी, चन्द्रकला राजवंशी, आदुलदेवी राजवंशी,चित्रवहादुर श्रेष्ठ र निताई राजवंशीले निःशुल्क जग्गा प्रदान गरेका थिए ।
झापा गाउँपालिका वडा नम्वर ३ का वडा अध्यक्ष मोतिलाल गणेशको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष कुन्तीदेवी वुढाथोकीसहित नेपाली कांगे्रसका तर्फबाट सागीरथ गणेश, नेकपा एमालेबाट जगेन्द्र ताम्ली, नेकपा माओवादी केन्द्रबाट रुद्र वजगाई, वडा नम्वर २ का वडाध्यक्ष नेत्रवहादुर खड्का , ६ नम्वर वडाध्यक्ष हरिवहादुर वानिया, समाजसेवी विश्वनाथ सिंह राजवंशी, नेपाल शिक्षक महासंघका तर्फबाट जगन्नाथ राजवंशी नेपाल रेडक्रस सोसाइटी कुमरखोदवाट सुन्दरलाल गणेश, एनआइसी बैङ्क तीलक शर्मा दुलाल , राप्रपाका तर्फबाट तारामाया राई, लोकतान्त्रिक समाजवादी पार्टीका प्रभुनारायण यादव, जनता समाजवादी पार्टीबाट विष्णु महत्तो लगायतले बोलेका थिए ।
भवन उद्घाटन कार्यक्रमको सञ्चालन वडा नम्वर ६ का वडा सदस्य मोहन पोखरेलले गरेका थिए ।
धुलाबारी । मेची उद्योग वाणिज्य संघको नेतृत्व सम्हाल्न...
झापा । मेचीनगर–८ स्थित विष्णुलक्ष्मी मन्दिरको खेलमैदानमा जारी...
इटाभट्टा । मेचीनगर–७ इटाभट्टामा सञ्चालित झापा नेशनल स्कूलले...
मेचीनगर । मेचीनगरमा कक्षा-८ काे आधारभूत तहकाे परिक्षामा एक...
मेचीनगर । किरात याक्थुङ चुम्लुङ वडा कार्यसमिति मेचीनगर–१३...
काँकडभिट्टा । प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय सदस्य...
मेचीनगर। झापाको मेचीनगर-१४ को प्रगति टोल र पाथीभरा...
