महिला मानव अधिकार रक्षक पुरस्कृत

काँकरभिट्टा । यहाँस्थित महिला जनचेतना केन्द्रले मंगलवार मेचीनगरका ३७ जना महिला मानव अधिकार रक्षकलाई पुरस्कारस्वरुप विभिन्न सामग्री प्रदान गरेको छ ।
कोरोना भाइरस फैलिएर संक्रमित बढ्न थालेपछि संक्रमण दर घटाउन सरकारले गरेको बन्दाबन्दीकाबेला अग्रंपक्तिमा रहेर खटिएका उनीहरुलाई पुरस्कृत गरिएको हो ।
केन्द्रले नेपाल स्काउट जिल्ला लिडर शिवानी देवान, रेडक्रशकर्मी कुसुम कोइराला, महिला नेतृ रेणुका डाँगी, जनप्रतिनिधिलगायतलाई पुरस्कार प्रदान गरेको छ ।
अर्जेन्ट एक्शन फन्डको सहयोगमा भएको कार्यक्रमका प्रमुख अतिथि प्रदेशसभा सदस्य श्रीप्रसाद मैनाली, विशिष्ट अतिथि मेचीनगर नगरपालिका उपप्रमुख मीना उप्रेतीलगायतले सामग्री हस्तान्तरण गरेका थिए ।
महिला मानव अधिकार रक्षकहरुलाई प्रतिव्यक्ति ७ हजार ७ सय रुपैयाँ मूल्य बराबरका ५ लिटरको प्रेसर कुकर, वाटर फिल्टर, हर्लिक्स, च्यवनप्रास, गेडागुडी, सेनीटाइजर, मास्क, साबुन र सेनिटरी प्याड प्रदान गरिएको थियो ।
केन्द्रकी संस्थापक अध्यक्ष एवं कार्यकारी निर्देशक राधा प्रधान कार्कीले औचित्यबारे प्रकाश पारेको कार्यक्रममा संस्थाका कार्यक्रम संयोजक मणिकुमार लिम्बूले संस्थाले हालसम्म गरेका गतिविधिबारे अवगत गराएका थिए ।
पुरस्कार वितरणका लागि आयोजक संस्थाले मेचीनगर नगरपालिका र १५ वटै वडा कार्यालयलाई नामावली माग गरेको र प्राप्त सिफारीसका आधारमा सामग्री वितरण गरिएको बताइएको छ ।
आयोजक संस्थाकी अध्यक्ष भूवन सुब्बाको अध्यक्षतामा भएको सो कार्यक्रममा स्वागत सह सचिव उषा श्रेष्ठ र सञ्चालन सचिव सीता गुरुङले गरेकी थिइन् ।

मेचीनगर । धुलाबारी जेसिजका पूर्व अध्यक्षहरूले स्थापना गरेका...

मेचीनगर । इस्ट होराइजन अंग्रेजी मावि मेचीनगर–१० धुलाबारीले...

मेचीनगर । झापाको मेचीनगर–७ इटाभट्टामा पहिलो पटक साप्ताहिकरुपमा...

चारआली । करिव तीन दशकदेखि ञशव दाहसंस्कारझअन्त्येष्टि कर्म...

मेचीनगर । मेचीनगर-७ स्थित ईटाभट्टामा भोलि ९बुधबार० देखि...

मेचीनगरको कालिका सामुदायिक वन उपभोक्ता समूहको निर्वाचन आगामी...

मेचीनगर । शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिले...