समाचार प्रभाब : चारआली खानेपानीको चुनावी कार्यक्रम स्थगित
चारआली । चारआली साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले निर्वाचन कार्याक्रम स्थगित गरेको छ । जिल्ला प्रशासन कार्यालय झापाले जेठ ३१ गतेसम्म निषेधाज्ञा जारी गरेको बेला समितिले निर्वाचन गर्न लागेको समाचार खबरमञ्च साप्ताहिकलगायत अन्य सञ्चारमाध्यममा प्रकाशित भएपछि सस्थाले निर्वाचन कार्याक्रम स्थगित गरेको हो ।

कारोना संक्रमण नियन्त्रण गर्न स्थानीय प्रशासनले लगाएको निषेधाज्ञाको धज्जी उडाउँदै चारआली खानेपानी उपभोक्ता समितिले यही जेठ २९ गते मतदान गर्ने गरी चुनावी कार्यक्रम प्रकाशित गरेको थियो । कार्यसमिति र लेखा समितिको निर्वाचनका लागि निर्वाचन समितिले निर्वाचन कार्यक्रम प्रकाशित गरेका थियो ।
जिल्ला प्रशासन कार्यालय झापाले जेठ ३१ गतेसम्म निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञाको अवधिमा मानिस भिडभाड हुने कुनै पनि कार्य गर्न पाइदैन तर झापाको चारआली साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले भने कार्यसमितिको निर्वाचन गर्ने सूचना प्रकासित गरेको थियो ।

मेचीनगर । तेस्रो मेचीनगर अन्तर विद्यालय स्तरीय फुटबल...
आदर्श माविले जित्यो भलिबल प्रतियोगिता काँकरभिट्टा । काँकरभिट्टामा सम्पन्न...
मेचीनगर । झापामा दुई ठुला राष्ट्रिय गौरवका आयोजनाहरु...
मेचीनगर । मेचीनगर नगरपालिकाका नगर प्रहरी सहायक निरीक्षक...
मेचीनगर । झापा मेचीनगर-१० को महालक्ष्मी कृषि सहकारी...
धुलाबारी (झापा) । गृहलक्ष्मी बचत तथा ऋण सहकारी...
काँकरभिट्टा । मितेरीले विरामीलाई काठमाडौंसम्म सुतेर जान मिल्ने...
