कुटपिट आरोपमा जसपाका युवा नेता राई पक्राउ
काँकरभिट्टा । जनता समाजबादी पार्टीका युवा नेता केवलराम राई पक्राउ परेका छन् । काँकरभिट्टा खानेपानी कार्यालयका कर्मचारी धिरेन सुब्बा र छिमेकी लक्ष्मी लिम्बुलाई कुटपिट गरेको उनीमाथि आरोप लागेको छ ।
पीडितहरुले प्रहरीमा उजुरी दिपछि इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले विहीवार दिउँसो नेता राईलाई पक्राउ गरेको थियो ।
पक्राउपछि उनलाई अनुसन्धानका लागि झापा जिल्ला अदालतमा लगेर म्याद थपेर ल्याइएको प्रहरीको भनाई छ । उनलाई हाल इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखिएको छ ।
राई र पीडितबीच वुधवार राति ९ बजेतिर झगडा भएको थियो । सामान्य निहुँमा सुरु भएको विवाद झगडामा परिणत भएपछि कुटाकुट भएको बताइएको छ ।
इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख डीएसपी सुनिल दाहालले कर्मचारी धिरेन सुब्बालाई खानेपानीको कार्यालय परिसरभित्रै र लक्ष्मी लिम्बुलाई रमाइलो गाउँमा राति करिव १० वजे राईको नेतृत्वको टोलीले कुटपिट गरेको बताए ।
कुटपिटबाट घाइते भएकी लक्ष्मीलाई मेची आम्दा अस्पताल धुलाबारीमा उपचारका लागि भर्ना गरिएको थियो । उनको टाउकोमा आठ टाँका लगाइएको छ । अर्का घाइते धिरेनलाई कार्यालयभित्रै कुटपिट गरिएको थियो ।
काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाई समितिका अध्यक्ष राजकुमार पराजुलीले जेसुकै कारण भए पनि कार्यालयभित्र घुसेर सांघातिक आक्रमण गर्न नमिल्ने बताए । कर्मचारीलाई सुतिरहेको अवस्थामा आएर कुटपिट गर्नु निन्दनीय कार्य भएको अध्यक्ष पराजुलीले बताए ।
स्थानीयका अनुसार युवा नेता राई भोला किन्न राति घर बाहिर निस्केका बेला धिरेन र लक्ष्मीसँग बाटोमा भेट भएको थियो । कुरैकुरामा राईले काठको पैसा चाँडो तिर्न लक्ष्मीलाई सम्झाएका थिए । सोही विषयमा भनाभन हुँदा सुरुमा धिरेनले राईलाई कुटपिट गरेको राई पक्षको भनाई छ । घाइते भएर राई घर पुगेपछि उनका आफन्तले लक्ष्मी र धिरेनलाई कुटपिट गरेको स्थानीयले जानकारी दिए ।
मेचीनगर। मेचीनगर–३ वडा कार्यालय अन्तर्गतको खेलकुद समितिको आयोजनामा...
मेचीनगर । लाइन काटेको झ्वाकमा विद्युत्तका कर्मचारीमाथि कुटपीट...
ईटाभट्टा । मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले लागूऔषधका...
मेचीनगर । मेची उद्योग वाणिज्य संघको आगामी नेतृत्वका...
चारआली । झापाको धाइजन–चारआली फुटबल क्लबको आयोजनामा धाइजन–चारआली...
धुलाबारी । मेची उद्योग वाणिज्य संघको नेतृत्व सम्हाल्न...
झापा । मेचीनगर–८ स्थित विष्णुलक्ष्मी मन्दिरको खेलमैदानमा जारी...
